10 years ago
September 25, 2015
काठमाडौं, असोज ८ गते ।
प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने ।
बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित गर्यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे । पहिलो क्वाटरमा प्राइमले १२–१० को अग्रता बनायो । दोश्रोमा एलआरआईले १२–१० को अग्रता हासिल गर्दै खेललाई २२–२२ को बराबरी स्थितिमा पुर्यो । प्राइमले तेश्रोमा ९–६ र चौथोमा १३–६ को प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्यो ।
गल्र्सको फाइनलमा मोर्गनले नासा इन्टरनेसनल कलेजलाई ३१–२७ ले हरायो । मोर्गनकी विष्णु मगरले १३ स्कोर गरिन् ।
पहिलो क्वाटरमा ७–९ ले पछि परेको मोर्गन दोश्रोमा ११–७ अंक जोड्दै समग्रमा २ अंकले अगाडि रह्यो । तेश्रो क्वाटर ३–३ को बराबरीमा सकियो । मोर्गनले चौथामा १०–८ अंक जोड्यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रयुश र विष्णु आ–आफ्नो समूहमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, बर्नहार्ट कलेजका अध्यक्ष भूपेश छत्कुली र सहायक प्रिन्सिपल पुरुषोत्तम विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ २८ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]