1 year ago
February 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् ।
गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गल्र्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु–१२ उमेरसमूहको हो ।
बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १–० गोलले पराजित ग¥यो । गुहेश्वरीका तकेन्द बुढा क्षेत्री उत्कृष्ट खेलाडी तथा टीआईएका नोर्बु तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । टीआईएका प्राण्जल बस्नेत प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने ।
ब्वाइज बास्केटबलको फाइनलमा प्यारागनले मनास्लुलाई १६–८ ले हरायो । प्यारागनका अभिषेक घर्ती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
गल्र्स बास्केटबलको उपाधि भिडन्तम बौद्धले चेल्सी वल्र्ड स्कुलको चुनौती १४–१२ ले पन्छायो । बौद्धकी जस्मिन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ बनिन् ।
विजेतालाई यु–१६ राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक चक्रबहादुर तामाङ, चाँदबागका अध्यक्ष दामोदर लामिछाने, सीजी एडुकेसनकी बिज्नेस युनिट हेड गर्ली अग्रवाल, सीजी एडुकेसनका शैक्षिक प्रमुख भुषण गुरुङ, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
फागुन ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज/गल्र्स बास्केटबलमा समान १२–१२ तथा फुटबलमा २२ टिमले प्रतिस्पर्धा गरेका थिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]