1 year ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
पुरुषमा २० तथा महिलामा ५ टिमको सहभागिता रहने राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक एवं प्रतियोगिता संयोजक विकास शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलाको प्रतिस्पर्धा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ ।
दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल पुस १० गते हुनेछ ।
एडुक्वेस्ट नेपालको सहयोगमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख खर्च हुने आयोजकले जनाएको छ ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले कोभिडपछि बास्केटबलको गतिविधिले विस्तारै लय समाटेको बताउदै संघले विशेष गरी उमेरसमूहको प्रतियोगितालाई जोड दिएको बताए ।
समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराईले समृद्धिले खेलकुदलाई प्राथमिकता दिएकै कारण बास्केटबल प्रतियोगिता आयोजनामा सहकार्य गरेको बताए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]