1 year ago
October 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा आफ्नो अन्तिम दुई खेल बाँकी रहँदासम्म टाइम्स इन्टरनेसनल कलेजले अंकतालिकाको अग्रतालाई कायम राखेको छ ।
टाइम्सले आफ्नो पाँचौं खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेजलाई आइतबार ८९–६५ ले हराएको छ । शतप्रतिशत नतिजा निकालेको टाइम्स खेलको कुनै पनि समय पछि परेन ।
पहिलो क्वार्टरमा २३–१८ ले अगाडि रहेको टाइम्सले अग्रतालाई कायम राख्ने क्रममा दोस्रो क्वार्टरको अन्त्यमा ४६–३३ बनायो । तेस्रो क्वार्टरको समाप्तीमा टाइम्स ६६–४२ ले अघि रह्यो । २१ स्कोर गरेक टाइम्सका श्रेयशबहादुर शाही म्यान अफ दी म्याच घोषित भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी एनबिएलको आइतबारको पहिलो खेलमा कीर्तिपुर बास्केबल क्लबले रोयल स्पोर्टस सेन्टरलाई १०२–९३ ले हरायो । खेलमा कुनै पनि क्वार्टरमा रोयललले अग्रता लिन सकेन ।
पहिलो क्वार्टरमै ३५–१४ को फराकिलो अग्रता बनाएको खेलको दोस्रो क्वार्टरको समाप्तीमा कीर्तिपुरले ६५–३१ बनायो । तेस्रो क्वार्टरको अन्त्यमा ७७–५९ ले कीर्तिपुर अघि रह्यो । २८ स्कोर गरेको कीर्तिपुरका जयदीप खेलको म्यान अफ दी म्याच चुनिाए ।
१० अंकसहित टाइम्स शीर्षस्थानमा छ भने समान ८ अंक जोडेका कीर्तिपुर दोस्रो र रोयल तेस्रो स्थानमा छ । ७ अंकसहित त्रिभुवन आर्मी क्लब चौथो, समान ६ अंक जोडेका बुढानिलकण्ठ बास्केटबल क्लब पाँचौं, गोल्डेनगेट छैटौं स्थानमा छ । विशाल मिलन केन्द्रको ५ र हाउन्ड्स एकेडेमीको ४ अंक छ ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]