1 year ago
October 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केबल लिग (एनबिएल) को तेस्रो दिन टाइम्स इन्टरनेसनल कलेज र बुढानिलकण्ठ बास्केबल कलब विजयी भएका छन् ।
गातार दोस्रो जित निकाल्ने क्रममा आइतबार टाइम्सले हाउन्डस एकेडेमीलाई ९९–७२ अंकले पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टाइम्सले सुरुवातबाटै अग्रता लिएको थियो ।
टाइम्सले पहिलो खेलमा कीर्तिपुर बास्केटबल क्लबलाई हराएको थियो । लिगमा हाउन्डसले आइतबार पहिलो खेल खेलेको थियो । आइतबारको दोस्रो खेलमा बुढानिलकण्ठले कीर्तिपुरलाई ७१–६४ अंकले हरायो ।
बुढानिलकण्ठले पहिलो खेलमै सफलता हासिल गर्दा कीर्तिपुरले लगातार दोस्रो हार बेहोरेको छ । एनबिएलमा सोमबार दिउँसो २ बजे हुने पहिलो खेल गोल्डेन इन्टरनेसनल कलेज र विशाल मिलन केन्द्र तथा साँझ साढे ५ बजे त्रिभुवन आर्मी क्लब र रोयल स्पोर्टस सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]