1 year ago
September 25, 2023
ललितपुर (हाम्रो खेलकुद)– रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले आइतबार तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ ।
सिनियर र जुनियर ब्वाईजतर्फ दुबैमा रेडियन्टले ब्राईट होराईजन स्कूललाई हराउँदै उपाधि जितेको हो । गल्र्स थ्री बाइ थ्री बास्केटबलको उपाधि भने स्वर्णीम शिक्षा सदन स्कुलले जितेको छ ।
सिनियर ब्वाईजको फाइनलमा रेडियन्टले ब्राईट होराईजनलाई ६५–५० ले हरायो छ । वर्षाका कारण फाइनल खेल कीर्तिपुर कर्भडहलमा खेलाइएको थियो ।
रेडियन्टका लमिक योञ्जनले सर्वाधिक २९ स्कोर गरे
पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा जुनियर ब्वाईजतर्फको फाइनलमा ब्राईट होराईजनलाई ३९-२० ले हराउँदै रेडियन्टले उपाधि जितेको हो ।
गल्र्स थ्री बाइ थ्री बास्केटबलको उपाधिका लागि स्वर्णीम शिक्षा सदनले राराहिललाई हराएको हो । गर्ल्समा २४ टोली सहभागी थिए ।
प्रतियोगितामा जुनियर ब्वाईजतर्फ जनसेवा माविका लुजा मर्हजन, सिनियर ब्वाईजमा एलएका लक्की मर्हजन र गल्र्समा एभिएमकी अनुश्री ढुङ्गानाले इमर्जिङ प्लेयर चुनिए ।
जुनियर ब्वाईजमा रेडियन्टका विधान कार्की , सिनियर ब्वाईजमा रेडियन्टकै लमिक योञ्जन र गल्र्समा स्वर्णीमकी अरिभाना तरामु मोस्ट भ्यालुएबल प्लेयर बने ।
फेयर प्ले टिमको पुरस्कार जुनियर ब्वाईजतर्फ निसर्ग बाटिका स्कूलले, सिनियरतर्फ मंगल माध्यमिक स्कूलले र गल्र्स तर्फ हिलटाउन इन्टरनेसनल स्कुलले प्राप्त गर्यो।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी पष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठलगायतले प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
भदौ २९ गतेदेखि सुरु प्रतियोगितामा उपत्यकाका २५ विद्यालयहको सहभागिता थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]