2 years ago
September 17, 2023
ललितपुर (हाम्रो खेलकुद) – आशिष थापा मगरको उत्कृष्ट प्रर्दशनसँगै तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाब्यापी अन्तर बास्केटबल प्रतियोगितामा मेगस इंगलिस स्कुल जित दर्ता गरेको छ ।
पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा जारी प्रतियोगिता आइतबार पहिलो खेलमा मेगसले राराहिल मेमोरियल स्कुललाई ६२–४८ ले हरायो । मेगसका आशिष थापामगर एक्लैले सर्वाधिक ५९ स्कोर गरेका थिए ।
तेस्रो संस्करणको पुष्पसदनको बास्केटबलमा आइतबार अन्य खेलमा रेडियन्ट पब्लिकका दुबै टिम, आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक, जनसेवा, स्वर्णीम र आइएमएस स्कुल विजयी भएका छन् ।
जुनियर ब्वाईजतर्फ जनसेवा स्कुलले राराहिललाई १०–५ ले हराएको छ । जनसेवाका लागि सबै १० स्कोर गरे । त्यस्तै रेडियन्ट पब्लिकले ग्रिनफिल्ड स्कुललाई २६–९ ले पराजित गर्यो । रेडियन्टका रिबुसले ७ स्कोर गरे ।
त्यसैगरी सिनियर ब्वाईजतर्फ आयोजक पुष्पसदनले एलआरआई स्कूललाई २३–१९ ले पराजित ग¥यो । एलआरआईका मन्दीप गुरागाईले १३ स्कोर गरे । त्यस्तै रेडियन्ट पब्लिक स्कुलले ज्ञानोदय स्कुललाई ५४–४९ ले हरायो । रेडियन्टका लमिक योञ्जनले २४ स्कोर गरे ।
अर्को खेलमा स्वर्णीम मंगल माविलाई २४–१४ ले हरायो । स्वर्णीम स्कूलका रोजितले ९ स्कोर गरे । त्यस्तै आइएमएस स्कुलले हिलटाउनलाइ २४–११ ले पराजित गर््यो । आइएमएसका नेल्सन श्रेष्ठले ७ स्कोर गरे । सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स थ्री बाई थ्री तर्फ २४ गरि २५ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता असोज ८ गतेसम्म चल्नेछ ।
May 13, 2025
हिमाल खरेल, बिर्तामोड झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरको जित निकाल्दै उपाधि जितेको हो । […]
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत आजको खेलमा टाइम्स बास्केटबल क्लब विजयी भएको छ। टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ७६-७१ को स्कोरमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कीर्तिपुरको कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनायो। तर दोस्रो क्वाटरमा टाइम्सलाई १३ स्कोरमा रोक्दै गोल्डेन गेटले २४ स्कोर गर्यो। […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर र हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेका छन्। कीर्तिपुर कभर्डहलमा शनिवार भएको खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९ को सहजै हरायो। कीर्तिपुर विरूद्ध सामाखुशीले १२-१० को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटरमा कीर्तिपुरले कमब्याक गर्यो। २४-१२ को स्कोर जोड्यो। तेस्रो क्वाटरमा सामाखुशीले २९-२५ ले […]