2 years ago
September 16, 2023
ललितपुर (हाम्रो खेलकुद) – तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा आयोजकका दुबै टिम विजयी भएका छन् । पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा जारी प्रतियोगिता शनिबार सिनियर र जुनियर ब्वाइज दुबैमा आयोजक टोली विजयी भएको छ ।
जुनियर ब्वाईजमा पुष्पसदनले भ्याली भ्यू स्कूललाई १२–९ को अन्तरमा हराएको छ । यो खेलमा पुष्पसदनका जेसन मर्हजनले सर्वाधिक ६ स्कोर गरे । सिनियर ब्वाईजमा पुष्पसदनले राराहिल स्कूललाई ३८–२९ ले हरायो । पुष्पसदनका निकेशले १५ स्को गरे ।
सिनियर ब्वाईजमा हिलटाउन स्कुलले एभिएम स्कूललाई ३१–१४ ले हरायो । अर्को खेलमा ब्राईट होराईजनले जनसेवा स्कुललाई ३२–२९ ले पराजित गर्यो । विजयी टोलीका ज्योतिष शाहीले १५ स्कोर गरे । त्यस्तै अर्को खेलमा आइएमएस स्कूलले भ्याली भ्यु स्कूललाई ४९–३५ को स्कोरले पराजित गरेको छ । आइएमएसका आरोन मर्हजनले सर्वाधिक २४ स्कोर गरेका छन् ।
अर्को खेलमा आइएमएस स्कूलले भ्याली भ्यु स्कूललाई ४९–३५ ले हरायो । आइएमएसका आरोन मर्हजनले सर्वाधिक २४ स्कोर गरेका छन् । जुनियर ब्वाईजमा ब्राईट होराईजनले राराहिल स्कुललाई २८–११ ले हरायो । ब्राईट होराईजनका सन्देश खत्रीले सबैभन्दा बढि १३ स्कोर गरे ।
May 13, 2025
हिमाल खरेल, बिर्तामोड झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरको जित निकाल्दै उपाधि जितेको हो । […]
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत आजको खेलमा टाइम्स बास्केटबल क्लब विजयी भएको छ। टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ७६-७१ को स्कोरमा पराजित गर्दै विजयी सुरुवात गर्यो । कीर्तिपुरको कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनायो। तर दोस्रो क्वाटरमा टाइम्सलाई १३ स्कोरमा रोक्दै गोल्डेन गेटले २४ स्कोर गर्यो। […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर र हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेका छन्। कीर्तिपुर कभर्डहलमा शनिवार भएको खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९ को सहजै हरायो। कीर्तिपुर विरूद्ध सामाखुशीले १२-१० को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटरमा कीर्तिपुरले कमब्याक गर्यो। २४-१२ को स्कोर जोड्यो। तेस्रो क्वाटरमा सामाखुशीले २९-२५ ले […]