2 years ago
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले फाइभ नेसन च्याम्पियनसिप बास्केटबलको उपाधि जितेको छ । लिग राउन्डमा चौथो स्थानमा रहँदै अघि बढेको भुटानले बिहीबार बंगलादेशलाई ६२–६० ले पराजित गर्दै भुटान च्याम्पियन बनेको हो ।
त्यसअघि सेमिफाइनलमा नेपाललाई अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि ६१–६० ले पराजित गर्दै भुटान फाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानलाई ७९–६५ ले हराउँदै बंगलादेश अन्तिम दुईमा पुगेको थियो ।
भुटानले नेपाललाई लिग चरण र सेमिफाइनल दुवैमा पराजित गरेको थियो । नेपालले अन्य टोली बंगलादेश, पाकिस्तान र आयोजक माल्दिभ्सलाई लिग चरणमा हराएको थियो ।
लिग चरणमा शीर्षस्थान र दोस्रो स्थानमा रहेको पाकिस्तान फाइनल पुग्न असफल रहे । अंक तालिकामा तेस्रो स्थानमा रहेको बंगलादेश र चौथो स्थानमा रहेको भुटानले फाइनल खेलेका थिए । अन्त्यमा भुटान च्याम्पियन बनेर फर्केको छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]