2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले खेलको अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोली फाइभ नेसन च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गर्नबाट बन्चित भएको छ । मंगलबार सम्पन्न निकै प्रतिस्पर्धात्मक सेमिफाइनलमा भुटानले ६१-६० को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।
कप्तान सदिश प्रधान चोटका कारण खेल्न नसकेपनि नेपालले भुटानलाई निकै कडा चुनौती पेश गरेको थियो । लिग चरणमा भुटानसँग हार बेहोरेको नेपालले त्यसको बदला लिन नजिक पुगेपनि अन्तिम सेकेन्डमा सम्हालिन नसक्दा हार बेहोर्न पुग्यो ।
सेमिफाइनलको पहिलो क्वाटरमा भुटानले नेपालविरुद्ध १६-११ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा नेपालले १६ अंक जोड्दा भुटानले १५ अंक जोड्न सफल भयो । हाफ टाइममा नेपाल २७-३१ ले पछि रहेको थियो ।
तेस्रो क्वाटरको सुरुवातमा नेपालले खेलमा अग्रता लिन सफल भयो । भुटानलाई कुनै स्कोर जोड्न नदिई नेपालले लगातार ८ अंक जोडेपछि खेलमा नेपालले पकड जमाएको थियो । आयुष सिंहले ३ पोइन्टर प्रहार गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
तेस्रो क्वाटरको सुरुवाती समयमा समग्र ३५-३१ को अग्रता लिएको नेपालले आफ्नो अग्रता जोगाउन भने सकेन । भुटानले पुनरागमन गर्दै तेस्रो क्वाटरको अन्त्यमा स्कोर ४३-४० को अवस्थामा ल्याएको थियो ।
चौथो क्वाटरको सुरुवात निकै प्रतिस्पर्धात्मक रहँदा नेपाल ४६-४६ को बराबरी गर्न सफल भएको थियो । खेलमा ६ मिनेट बाँकी हुँदा भुटान ४७-४६ को स्थितिमा रहँदा विजय बुर्जाले ३ पोइन्ट प्रहार गरेपछि नेपालले अग्रता लिएको थियो ।
लगत्तै भुटानले ४९-४९ स्कोर बनाएपनि आयुषले ३ पोइन्ट जोड्दै नेपालको अग्रता पुन: स्थापना गरे । नेपाल ५४-५३ को अग्रतामा रहँदा असिम श्रेष्ठले २ पोइन्ट जोड्ने क्रममा फल भयो र उक्त फ्री थ्रो कन्भर्ट गरेर नेपाल ५७-५३ को अग्रता लिन सफल रहयो ।
भुटानले त्यसपछि खेललाई १ अंकको अन्तरमा झारेपनि नेपालले अग्रता भने जोगाइरहेको थियो । खेलको १७ सेकेन्ड बाँकीमा ५९-५८ को स्थितिमा हुँदा भुटानले फल गरेपछि नेपालले अग्रता बढाउने अवसर पाएको थियो । विजयले पहिलो फ्री थ्रो कन्भर्ट गर्दै नेपाललाई २ अंकले अघि बढाए ।
तर दोस्रो फ्री थ्रोमा विजय चुकेपछि बढेको भुटानको आक्रमण खेलमा निर्णायक सावित भयो । भुटानले गरेको स्कोरको प्रयास असफल भएपछि नेपाली खेलाडीले बल पोसेसन लिन नसक्दा फुस्किएको बलमा भुटानका खेलाडीले बजर बिटर प्रहार गर्दै ६१-६० को जित दिलाए ।
प्रशिक्षक नृपेश श्रेष्ठले टोलीले राम्रो प्रदर्शन गरेपनि हार बेहोर्द निकै दुख लागेको बताए । उनले अन्तिम सेकेन्डमा खेल हारेपनि खेलाडीको मिहिनेत र प्रदर्शनबाट खुसी रहेको बताए । उनले युवा खेलाडीले आउने दिनमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास रहेको जनाए ।
अब विहीबार हुने फाइनलमा भुटानले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ७९-६५ ले हराएको थियो ।
नेपाल लिग चरणमा भुटानसँग पराजित भएपनि अंक तालिकाको शीर्षस्थानमा रहेको थियो । नेपालले पहिलो खेलमा हार बेहोरेपनि त्यसपछि पाकिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराउँदै लय समातेको थियो । तर सेमिफाइनलमा हार बेहोरेसँगै नेपालको उपाधि जित्ने सपना तुहिएको छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]