2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी फाइभ नेसन बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानको सामना गर्दैछ । खेल रातको ९:१५ बजे सुरु हुनेछ ।
लिग चरणमा नेपाल शीर्षस्थानमा रहँदा भुटान चौथो हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले लिगको पहिलो खेलमा भुटानसँग हार बेहोरेपनि त्यसयता लगातार तीन खेल जित्दै शीर्षस्थान हासिल गरेको हो ।
यता भुटानले भने सुरुवातमा नेपाललाई हराएपछि दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो । पछिल्लो दुवै खेलमा भुटान बंगलादेश र पाकिस्तानसँग पराजित भएको थियो ।
आज हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगलादेश खेल्नेछन् । माल्दिभ्स भने सबै ४ खेलमा हार बेहोर्दै सेमिफाइनलमा पुग्न सकेन । प्रतियोगिताको फाइनल विहीबार हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]