2 years ago
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीले भुटानसँग भोगेको पहिलो खेलको हारको बदला लिने मौका पाएको छ ।
च्याम्पियनसिपको मंगलबार हुने सेमिफाइनलमा नेपालले भुटानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ९ः१५ बजे सुरु हुनेछ । त्यसअघि पहिलो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
लिग चरणको अन्त्यमा ७ अंकसहित नेपाल शीर्षस्थानमा त्यति नै अंकका साथ पाकिस्तान दोस्रो स्थानमा रहेका थिए । त्यस्तै समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा रहेको थियो । सबै ४ खेलमा हार बेहोरेको माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।
लिग चरणको पहिलो खेलमा नेपालले भुटानसँग ६१–५५ ले हार बेहोरेको थियो । त्यसपछिका सबै तीन खेल जित्ने क्रममा नेपालले पाकिस्तानलाई ६६–६२ ले र अर्को खेलमा बंगलादेशलाई ९०–६१ ले हराएको थियो ।
सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टोलीले कास्य पदक जितेको थियो । मंगलबार भुटानलाई हराउन सकेको खण्डमा नेपालले कम्तीमा दोस्रो स्थान पक्का गर्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]