default_image

2 years ago

June 19, 2023

फाइभ नेसन्स बास्केटबल- लिग चरणमा नेपाल शीर्षस्थानमा

366 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– शीर्षस्थानमा रहँदै नेपाली राष्ट्रिय बास्केटबल टोलीले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको लिग चरणको अन्त्य गरेको छ । पहिलो खेलमै हार बेहोरेको नेपालले त्यसपछिका सबै तीन खेलमा जित निकाल्दै शीर्षस्थानमा लिग चरणको अन्त्य गरेको हो ।

लिग चरणको आफ्नो खेलमा आइतबार नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ ले पराजित गरेको थियो । पहिलो क्वार्टरमा दमदार सुरुवात गरेको नेपाली टोलीले तेस्रो क्वार्टरसम्म उच्च प्रदर्शनलाई जारी राख्यो । चौथो क्वार्टरमा भने आयोजक टोली हाबी रह्यो ।

खेलमा नेपाल तीन क्वार्टरमा क्रशश २४–१२, २२–२१, १६–६ अगाडि र चौथो तथा अन्तिम क्वार्टरमा १३–२९ पछि रह्यो । पहिलो खेलमा भुटानसँग ६१–५५ ले पराजित भएकको नेपाल त्यसपछि पाकिस्तानलाई ६६–६२ ले र अर्को खेलमा बंगलादेशलाई ९०–६१ ले हराएको थियो ।

लिग चरणको समाप्तीमा ४ खेलमा ७ अंकसहित नेपाल शीर्षस्थान र समान अंकका साथ पाकिस्तान दोस्रो स्थानमा रह्यो । समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अंक जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।  नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]

March 17, 2025

ह्विलचियर बास्केटबल – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

Success

Thank you for your time.