2 years ago
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिप २०२३ को चौथो खेलमा बंगलादेशलाई सहजै पराजित गरेको छ । यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
माल्दिभ्सको मालेमा शनिबार सम्पन्न खेलमा नेपालले ९०-३१ को फराकिलो जित हासिल गरेको हो । खेलको सुरुवातमा जम्न केहि कठिन भएपनि नेपालले क्वाटरको अन्त्यमा २५-२० को अग्रता लिएको थियो ।
उक्त अग्रतालाई बाँकी खेलमा कायम राख्दै नेपालले हाफ टाइममा ५०-४० अग्रता लिएको थियो । नेपालले त्यसपछि अन्तिम क्वाटरमा पनि एकपक्षीय प्रदर्शनका साथ सहज जित पक्का गर्यो ।
पहिलो खेलमा भुटानसँग स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । लिगको अन्तिम खेलमा नेपालले आइतबार माल्दिभ्ससँग खेल्दैछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]