2 years ago
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले फाइभ नेसन बास्केटबल च्याम्पियनसिपको दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको छ । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै नेपालले प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो ।
माल्दिभ्समा जारी प्रतियोगिताको दोस्रो दिन विहीबार नेपालले पाकिस्तानलाई ६६-६२ ले हराएको हो । पहिलो हाफमा ३३-२८ ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा भने राम्रो प्रदर्शन गर्यो ।
पहिलो क्वाटरमा नेपाली टोली १५-११ ले पछि रहेको थियो । दोस्रो क्वाटरमा पनि पाकिस्तानले ५ अंकको अग्रता कायम राख्यो । तेस्रो क्वाटरको अन्त्यमा नेपाल ४९-४५ ले अग्रता लिन सफल रहयो । नेपालले तेस्रो क्वाटरमा २१ अंक जोड्नु नै जितको मुख्य आधार थियो । उक्त क्वाटरमा पाकिस्तानले जम्मा १२ अंक मात्र जोड्न सक्यो ।
चौथो क्वाटरमा नेपालले अग्रता जोगाउँदै जित हासिल गरेको हो । यससँगै नेपालले पहिलो खेलमा भुटानसँग बेहोरेको हारलाई बिर्साउने प्रयास गरेको छ । नेपालको जितसँगै सेमिफाइनल पुग्ने सम्भावना पनि जीवित रहेको छ ।
नेपालका प्रशिक्षक नृपेश श्रेष्ठले टोलीका लागि यो जित निकै महत्त्वपूर्ण रहेको बताए । ‘शारीरिक रुपमा बलिया पाकिस्तानसँग हामीले निकै सोचेर खेल्नुपर्ने थियो । तेस्रो र चौथो क्वाटरमा हाम्रो आक्रमणले राम्रो प्रदर्शन गर्दा नतिजा हाम्रो पक्षमा आएको हो । यसले हाम्रो मनोबल उच्च भएको छ र आउने खेलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने ।
यसअघि दिनको पहिलो खेलमा भुटानले नेपाललाई ६१-५५ र बंगलादेशले आयोजक माल्दिभ्सलाई ५२-४२ ले हराएका थिए । अब नेपालले शुक्रबार विश्राम लिनेछ । शनिबार नेपालको भेट बंगलादेश र आइतबार माल्दिभ्ससँग हुनेछ ।
लिग चरणको शीर्ष ४ टोलीले मंगलबार सेमिफाइनलमा खेल्नेछन् । विहीबार फाइनल खेल हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]