8 years ago
December 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– टिआइए कप अन्तरविद्यालय बास्केटबलको गल्र्सतर्फ चान्दबागले आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) लाई २३–१० ले हराएको छ । हात्तिगौडास्थित टिआइएको कोर्टमा भएको गल्र्सका अन्य खेलमा होली भिजन र भ्याली पब्लिक विजयी भएका छन् ।
त्यस्तै ब्वाइजतर्फ टिआइए, भ्याली पब्लिक एचएचसिए र एन्जल हार्ट विजयी भए । रितिस्नाको २१ स्कोरमा होली भिजनले बाबालाई २८–१० ले हरायो । त्यस्तै भ्याली पब्लिकले एससिआइबिएसलाई ४१–१० ले हराउँदा विजयी टोलीकी लक्ष्मी चौधरीले १८ स्कोर गरिन् ।
ब्वाइजमा टिआइएले दुर्गा भवानीलाई २८–१० ले हरायो । टिआइएका अमन काम्बाङले १० स्कोर गरे । राहुल विकेको १६ स्कोरको मद्दतमा भ्याली पब्लिकले ज्ञान निकेतनले ४५–३९ ले हरायो । एचएचसिएले बुद्ध एकेडेमीलार्य ५६–३४ ले हराउँदा विजेता टोलीका विशाल मानन्धरले १६ स्कोर गरे । त्यस्तै एन्जल हार्टले अमर स्कुललाई २०–८ ले हरायो । एन्जेल हार्टका जीवन पुनले ११ स्कोर गरे ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]