8 years ago
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) ले १२ औं टिआइए कप अन्तर स्कुल बास्केटबल प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो सफलता हासिल गरेको छ । हात्तिगौडास्थित टिआइएको कोर्टमा गल्र्सतर्फ होली भिजनलाई २१–४ ले हराएको टिआइएले ब्वाइजतर्फ बसुन्धरा नेसनल एकेडेमीलाई ४३–३३ ले पराजित गरेको छ । टिआइएका लागि गल्र्समा सुदिक्षा खड्काले १२ र ब्वाइजमा सलिन शेरचनले १७ स्कोर गरे ।
गल्र्सतर्फको अर्को खेलडमा सुम्निमा खरेलको १० स्कोरको मद्दतमा इडन ब्रिजले एससिआइबिएसलाई २६–१२ ले पराजित गर्यो । त्यस्तै ब्वाइजतर्फका अन्य खेलमा ज्ञान निकेतन र एचएचसिए विजयी भएका छन् । मनीष तामाङको १६ स्कोरमा ज्ञान निकेतनले एससिआइबिएसलाई ३२–२५ ले हरायो । त्यस्तै एचएचसिएले एलआइआईलाई ४७–२४ ले हराउँदा विजयी टोलीका तेन्जिङ राईले १६ स्कोर गरे ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]