3 years ago
September 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकालाई ५५–४९ ले हराउँदै नेपालले पहिलो जित निकाल्न सफल भएको हो ।
पहिलो क्वाटरमा १५–१२ को अग्रता लिएको नेपालले दोस्रो क्वाटरमा पनि १७–९ को आरामदायी अग्रता लिएको थियो । तेस्रो क्वाटरमा ११–१२ ले पछि परेको नेपालले चौथो तथा अन्तिम क्वाटरमा १२–१६ ले पछि परेपनि दोस्रो क्वाटरमा लिएको फराकिलो अग्रताले नेपालले जित निकाल्न सफल भयो ।
पहिलो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना जीवित बनेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ ।
नेपाल पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल सदिना श्रेष्ठको कप्तानीमा खेलिरहेको छ । टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]