default_image

2 years ago

September 25, 2022

साबा च्याम्पिनयसिप – नेपालले माल्दिभ्सको सामना गर्दै

347 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक माल्दिभ्सविरुद्ध आइतबार खेल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको सुरुवात गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुनेछ ।

दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते खेल्नेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । केहि साता अघि खेल पोशाक र सामाग्री उत्पादक कम्पनी लि निङले नेपाली राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गरेको थियो । यसपटक राष्ट्रिय लि निङकै जर्सी प्रयोग गर्नेछ ।

नेपाली बास्केटबल टोली

सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का, विकास शाही (प्रशिक्षक), निरञ्जन सत्याल (व्यवस्थापक)

December 7, 2024

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

May 9, 2024

बास्केटबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]

Success

Thank you for your time.