3 years ago
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केटबल टोलीलाई लि निङले प्रायोजन गरेको छ । नेपाल बास्केटबल संघ तथा खेल पोशाक र सामाग्रीको अन्तर्राष्ट्रिय ब्रान्ड लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) बीच मंगलबार सम्झौता भएको छ ।
संघका अध्यक्ष भीम गुरुङ र सिटिएलका अध्यक्ष राजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लि निङ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भाग लिने महिला र पुरुष दुवैतर्फका सिनियर र जुनियर टोलीलाई खेल पोशाक उपलब्ध गराउने छ ।
राष्ट्रिय टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउँदा खुसी लागेको बताइन् । ‘पहिलो पटक राष्ट्रिय टोलीको जर्सीमा कुनै ब्राण्डको लोगो हुनेछ । लि निङको जर्सी लगाएर राष्ट्रिय टोलीबाट खेल्न उत्साहित छौं । अब आउने साबा महिला च्याम्पियनसिपमा राष्ट्रिय टोलीले यहि जर्सी लगाएर खेल्नेछ,’ उनले भनिन् ।
त्यस्तै पुरुष टोलीका कप्तान सधिश प्रधानले विश्वस्तरीय ब्रान्ड प्रयोग गर्न पाउँदा खुसी व्यक्त गरे । ‘लि निङ जस्तो विश्व स्तरीय ब्रान्ड राष्ट्रिय टोलीसँग जोडिएको छ । यसका लागि म र हामी खेलाडी धन्यवाद व्यक्त गर्न चाहन्छौं,’ उनले भने ।
सम्झौता अहिले एक वर्षका लागि रहनेर आउने वर्षहरुमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको सिटिएलका अध्यक्ष महर्जनले बताए । लि निङले प्रायोजन वापत उपलब्ध गराउने सामाग्री बाहेक संघ वा खेलाडीले लि निङका खेल पोशाक र सामाग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख छ । संघका अध्यक्ष गुरुङले बास्केटबल टोलीलाई सहयोग गरेकोमा लि निङलाई धन्यवाद दिए ।
लि निङले प्रचार प्रसारका लागि बास्केबलका खेलाडी प्रायोग गर्न सक्ने र संघले लि निङको प्रचारमा सहयोग गर्नुपर्नेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेस्रो साबा महिला च्याम्पियनसिपको समूह चारबाट बाहिरिएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भारतमा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो हार बेहोरेपछि फाइनल पुग्न सकेन । नेपाल लिग चरणको दोस्रो खेलमा माल्दिभ्ससँग ५३-४६ ले पराजित भएपछि समूह चरणबाट नै बाहिरिएको हो । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा […]
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]