8 years ago
December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ दोश्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लालीगुराँस ‘ए’ ले राइजिङ स्टारलाई १४–८ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । लगातार तीन खेल जितेको लालीगुराँस ‘ए’ समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनल पुगेको हो । लालीगुराँस ‘ए’ को जितमा विराज तामाङले ८ अंक योगदान गरे ।
अन्य लिग खेलमा पिपुल्स एकेडेमी, पुष्पकुञ्ज, नेरिक एकेडेमी, एन्जल्स हर्ट र भ्याली पब्लिकले जित आत्मासात् गरे ।
पिपुल्सले हिमालयनलाई २५–१८ ले हरायो । पिपुल्सका विजय घले सानदार प्रदर्शन गर्दै २२ अंक जोडे । एलन गुरुङको १४ अंक सहयोगमा पुष्पकुञ्जले राइजिङ स्टारलाई २०–५ ले पन्छायो । नेरिकले ज्ञान सिन्धुलाई २४–१५ ले निराश पार्यो । नेरिकका सुजन बस्नेतले ८ स्कोर गरे ।
एन्जल्स हर्टले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई १२–८ ले पाखा लगायो । एन्जल्स हर्टका प्रतीक गौलीले ४ अंक बटुले । आयोजक लालीगुराँस ‘बी’ विरुद्धको खेलमा भ्याली पब्लिक २०–१० ले विजयी भयो । भ्याली पब्लिकका रोहन श्रेष्ठले १० स्कोर गरे ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]