default_image

3 years ago

February 10, 2022

पूर्व अध्यक्ष शेर्पाको स्मृति बास्केटबल हुने

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा नेपाल बास्केटबल संघले खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा फागुन २ गतेबाट सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।

पुरुषतर्फ बंगलादेशको नेभी टिम पनि सहभागिता रहने सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टिम २०२१ को क्लब च्याम्पियन टिम भएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । महिलातर्फ राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा हुने र शीर्ष २ स्थानमा रहनेले टोलीले उपाधिका भिड्नेछन् ।

महिला/ पुरुष दुवैतर्फको विजेताले ५० हजार र दोश्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य रहेको संघका महासचिव नरेन्द्र थापाले बताए ।

स्व. शेर्पाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिवको जिम्मेवारी पनि सम्हालेका थिए । फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा साढे ८ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ ।

December 7, 2024

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

May 9, 2024

बास्केटबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]

Success

Thank you for your time.