3 years ago
February 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा मेमोरियल खुल्ला महिला तथा पुरुष बास्केटबल च्याम्पियनसिप आयोजना हुने भएको छ । च्याम्पियनसिप १ देखि १२ फागुनसम्म हुनेछ ।
च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १२ टोली तथा महिलातर्फ ५ टोलीले सहभागिता पक्का गरेका छन् । पुरुषतर्फ रोयल बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका, जेभियर इन्टरनेसनल कलेज, बिएमके, बंगलादेश नाभी टिम, आइएसए नेपाल बास्केटबल एकेडेमी, टाइम्स बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल, स्कुल क्यान्डी, कास्की बास्केटबल संघ र शंकरदेव क्याम्पर रहेका छन् ।
महिलातर्फ आइएसए नेपाल बास्केटबल एकेडेमी, रोयल बास्केटबल एकेडेमी, नेपाल पुलिस क्लब, ललितपुर र कीर्तिपुर बास्केटबल क्लब रहेका छन् । च्याम्पियनसिप हुने स्थान र कुन शैलीमा हुने त्यसबारे केही खुलाइएको छैन । च्याम्पियनसिपको पहिलो हुने टोलीले ५० हजार रुपैया र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मोस्ट भ्यालुएवल खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिवसमेत भइसकेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष तथा नेपाल बास्केटबल संघको अध्यक्षसमेत थिए । लामा टेण्डी शेर्पाको नशा सम्बन्धी रोगबाट ५० वर्षको उमेरमै गत मंसिर ८ गते निधन भएको हो । उनको अमेरिका, भारत र चीनमा पनि उपचार सम्भव नभएपछि विशालनगरस्थित ओरिगन केयर होममा पछिल्लो दुई वर्षदेखि उपचार गराइरहेका थिए ।
February 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो। यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]
June 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]