default_image

3 years ago

September 26, 2021

बर्लिन म्याराथनमा गोपीको कमजोर प्रदर्शन

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीचन्द्र पार्कीले बर्लिन म्याराथनमा आशा गरेभन्दा कमजोर प्रदर्शन गरेका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्याराथन गोपीले २ घन्टा ४६ मिनेट २९ सेकेण्डमा पूरा गरे ।

गोपीले गत वर्ष नेपालगन्ज म्याराथनमा भन्दा कमजोर समय निकालेका हुन् । उनले नेपालगन्ज म्याराथनमा २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । त्यसबेला नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई टोकियो ओलम्पिक छनोटको मान्यता दिएका थिए । तर, त्यो म्याराथन जितेपनि अन्तिम समयमा गोपीले टोकियो ओलम्पिक खेल्न पाएका थिएनन् ।

गत साता प्रशिक्षक सन्तोष श्रेष्ठसँग जर्मनी गएका गोपीको सहभागितामा लाग्ने हवाई खर्च राष्ट्रिय खेलकुद परिषदले बेहोर्ने बताइएको थियो । गोपी डेढ वर्ष अघि स्वोदशमा आयोजना भएको १३ औं सागका ५ हजार मिटर दौडका स्वर्ण पदक विजेता हुन् ।

गोपीको जर्मनी बसाईंको खर्च भने जर्मन नागरिक राल्फले बेहोरेको बताइएको थियो । उनको भिसा प्रक्रिया र त्यसमा लागेको खर्च पनि उनले नै बेहोरेका थिए । गोपी आबद्ध रहेको विभाग एपीएफकै प्रशिक्षक दिलमाया कार्कीको पहलमा यो सम्भव भएको हो ।

नेपालगन्ज म्याराथनको विजेता गोपीलाई नेपाल ओलम्पिक कमिटीले टोकियो २०२० मा सहभागिता पक्का रहेको भनेपनि अन्तिम समयमा उनले प्रतिस्पर्धा गर्न पाएका थिएनन् । एनओसीले भने आयोजकबाट नै उनको नाम युनिभर्सालिटी प्लेसेस अन्तर्गत कोटामा नपरेको बताएको थियो । उनको स्थानमा अन्तिम समयमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् ।

टोकियोमा सहभागी हुन नपाएपनि गोपीले सन् २०२४ को पेरिस ओलम्पिकका लागि आफूले मिहिनेत गर्ने बताएका थिए । नियमित प्रशिक्षणमा रहेका गोपीले बर्लिन म्याराथनमा आफ्नो व्यक्तिगत कीर्तिमान सुधार्ने लक्ष्य राखेका थिए ।

March 15, 2025

अर्जुन मञ्जुश्री ट्रेल रेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अर्जुन कुलुङ राईले मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करण जितेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समयमा पूरा गर्दै उपाधि जिते । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्ड समय खर्चेर दोस्रो भए । शेर थारु ( […]

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

Success

Thank you for your time.