default_image

3 years ago

September 21, 2021

पार्कीलाई नेपालगन्ज म्याराथनको बिदाइ

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका गोपीचन्द्र पार्कीलाई नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले बिदाइ गरेको छ ।

सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८:४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने छन् । उनीसँगै प्रशिक्षकमा सन्तोष श्रेष्ठ पनि छन् ।मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे ।

त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो । टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।

त्यस्तै उनको जर्मनी बसाईंको खर्च भने जर्मन नागरिक राल्फले बेहोर्ने भएका छन् । उनको भिसा प्रक्रिया र त्यसमा लागेको खर्च पनि उनले नै बेहोर्ने भएका छन् । गोपी आबद्ध रहेको विभाग एपीएफकै प्रशिक्षक दिलमाया कार्कीको पहलमा यो सम्भव भएको हो । कार्की जर्मनीमा प्रशिक्षणमा रहँदा रहेको सम्बन्धका कारण यो सम्भव भएको थियो ।

यसबाहेक गोपीले सुदूरपश्चिमको दिनेश फाउन्डेसनबाट पनि मासिक १० हजार रुपैयाँ डाइट खर्च प्राप्त गर्दै आएका छन् । फाउन्डेसनले उनलाई अर्को ओलम्पिकको तयारीका लागि पेरिस २०२४ ओलम्पिकसम्मका लागि यो खर्च उपलब्ध गराउने बताएको छ ।

नेपालगन्ज म्याराथनको विजेता गोपीलाई नेपाल ओलम्पिक कमिटीले टोकियो २०२० मा सहभागिता पक्का रहेको भनेपनि अन्तिम समयमा उनले प्रतिस्पर्धा गर्न पाएका थिएनन् । एनओसीले भने आयोजकबाट नै उनको नाम युनिभर्सालिटी प्लेसेस अन्तर्गत कोटामा नपरेको बताएको थियो । उनको स्थानमा अन्तिम समयमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् ।

टोकियोमा सहभागी हुन नपाएपनि गोपीले सन् २०२४ को पेरिस ओलम्पिकका लागि आफूले मिहिनेत गर्ने बताएका थिए । नियमित प्रशिक्षणमा रहेका गोपीले बर्लिन म्याराथनमा आफ्नो व्यक्तिगत कीर्तिमान सुधार्ने लक्ष्य राखेका छन् ।

March 15, 2025

अर्जुन मञ्जुश्री ट्रेल रेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अर्जुन कुलुङ राईले मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करण जितेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समयमा पूरा गर्दै उपाधि जिते । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्ड समय खर्चेर दोस्रो भए । शेर थारु ( […]

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

Success

Thank you for your time.