3 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० मा नाटकीय ढंगले सहभागिताबाट बन्चित भएका धावक गोपीचन्द्र पार्कीले विश्व प्रसिद्ध बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
जर्मनीको बर्लिनमा हुने म्याराथनका लागि गोपी २१ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्दैछन् । म्याराथन २६ सेप्टेम्बरमा आयोजना हुनेछ । गोपीको म्याराथन सहभागितामा लाग्ने हवाई खर्च राष्ट्रिय खेलकुद परिषदले बेहोर्ने भएको छ । गोपी १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता हुन् ।
त्यस्तै उनको जर्मनी बसाईंको खर्च भने जर्मन नागरिक राल्फले बेहोर्ने भएका छन् । उनको भिसा प्रक्रिया र त्यसमा लागेको खर्च पनि उनले नै बेहोर्ने भएका छन् । गोपी आबद्ध रहेको विभाग एपीएफकै प्रशिक्षक दिलमाया कार्कीको पहलमा यो सम्भव भएको हो । कार्की जर्मनीमा प्रशिक्षणमा रहँदा रहेको सम्बन्धका कारण यो सम्भव भएको थियो ।
यसबाहेक गोपीले सुदूरपश्चिमको दिनेश फाउन्डेसनबाट पनि मासिक १० हजार रुपैयाँ डाइट खर्च प्राप्त गर्दै आएका छन् । फाउन्डेसनले उनलाई अर्को ओलम्पिकको तयारीका लागि पेरिस २०२४ ओलम्पिकसम्मका लागि यो खर्च उपलब्ध गराउने बताएको छ ।
नेपालगन्ज म्याराथनको विजेता गोपीलाई नेपाल ओलम्पिक कमिटीले टोकियो २०२० मा सहभागिता पक्का रहेको भनेपनि अन्तिम समयमा उनले प्रतिस्पर्धा गर्न पाएका थिएनन् । एनओसीले भने आयोजकबाट नै उनको नाम युनिभर्सालिटी प्लेसेस अन्तर्गत कोटामा नपरेको बताएको थियो । उनको स्थानमा अन्तिम समयमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् ।
टोकियोमा सहभागी हुन नपाएपनि गोपीले सन् २०२४ को पेरिस ओलम्पिकका लागि आफूले मिहिनेत गर्ने बताएका थिए । नियमित प्रशिक्षणमा रहेका गोपीले बर्लिन म्याराथनमा आफ्नो व्यक्तिगत कीर्तिमान सुधार्ने लक्ष्य राखेका छन् । उनले नेपालगन्ज म्याराथनमा २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा उक्त कीर्तिमान राखेका थिए ।
January 14, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई नेपालका लागि आफ्नो दुत नियुक्त गरेको छ । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् ।‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको […]
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]