default_image

4 years ago

August 8, 2021

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

247 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ को बेजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

भारतले ओलम्पिकको एथ्लेटिक्समा कुनैपनि पदक जितेको यो पहिलो अवसर हो । भारतले ओलम्पिक १ सय २१ वर्ष इतिहासमा पहिलो पटक एथ्लेटिक्समा कुनैपनि पदक जितेको पहिलो पटक हो । स्वर्णविजेता निरजलाई भारतमा अहिले करोडौंको पुरस्कारको घोषणा भइरहेको छ ।

हरियाणा सरकारले निरजलाई ६ करोड भरतीय रुपैयाँ पुरस्कार रुपैयाँ दिने घोषणा गरेको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले र चेन्नई सुपर किंग्सले एक-एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । बिसिसिआईले रजत विजेता प्रत्येक खेलाडीलाई ५०-५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । त्यस्तै बोर्डले कास्य पदक विजेता खेलाडीलाई २५-२५ लाख रुपैयाँ र कास्य पदक जितेको हक्की टोलीलाई १ करोड २५ लाख रुपैयाँ दिने जनाएको छ । चेन्नईले सम्मान स्वरुप निरजलाई ८७५८ नम्बरको जर्सी पनि दिने भएको छ ।

पन्जाबका मुख्यमन्त्री अमरिंदर सिंहले २ करोड भारतीय रुपैयाँ निरजलाई दिने घोषणा गरिसकेका छन् । इन्डिगो एअरलाइन्सले निरजलाई एक वर्ष विश्वको जुनसुकै ठाउँमा निशुल्क जाने व्यवस्था मिलाइदिने जनाएको छ । एलन ग्रुपले निरजलाई २५ लाख भारतीय रुपैया पुरस्कारको घोषणा गरेको छ ।

भारतीय व्यापारी आनन्द महिन्द्राले निरजलाई सुभ जेयुभि ७०० ब्रान्डको कार पुरस्कार दिने घोषण गरेका गरेका छन् । जसको बजार मूल्य १६ लाख भारतीय रुपैयाँ छ । भारतीय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक बायजुले २ करोड रुपैयाँ घोषणा गरेका छ । भारतमा निरजलाई पुरस्कार घोषणा लगातार जारी छ । २३ वर्षिय निरज भारतीय आर्मीका जुनियर अफिसर समेत हुन् । उनले अब प्रथम श्रेणीको अफिसरमा पदोन्नति हुने बुझिएको छ ।

भारतले टोकियो ओलम्पिकमा पदक संख्या ७ पुर्याएको छ । भारतले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ । भारोत्तोलनमा मिराबाई चानुले रजत पदक जित्दै भारतको पदकको सिलसिला सुरु भएको थियो । कुस्तीमा रवी दहियाले पनि रजत जितेका थिए । शनिबार नै कुस्तीमा बजरङ पुनियाले कास्य पदक हासिल गरे । त्यसअघि ब्याडमिन्टनकी पीभी सिन्धु, बक्सिङकी लाभ्लिना बोर्गोहाई तथा पुरुष हकी टोलीले पनि कास्य पदक जितेका थिए ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.