8 years ago
November 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकको एड्भेन्चर अफ द इयर अवार्डको मनोयनमा पर्न सफल भएकी छिन् । नेसनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक गरेको उक्त अवार्डको मनोनयनमा पर्ने १० मध्ये मिरा एक हुन् ।
मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनोट गर्छ । मनोनयन परेका लागि नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत भोटिङको व्यवस्था छ । ज्योग्राफिकले सर्वाधिक भोट ल्याउनेलाई एड्भेन्चर अफ द इयर घोषित गरिनेछ । नोभेम्बर ३ देखि सुरु भएको भोटिङ डिसेम्बर १६ सम्म चल्नेछ । विजेताको घोषणा जनवरीमा हुनेछ ।
मीरासँगै केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टोलीमा परेका छन् ।
गत बर्ष फ्रान्समा म्याराथन डु मोन्ट ब्लान्स नामक ८० किलोमिटर दौडमा उपाधि जितेपछि उनी चर्चामा आएकी थिइन् । उनले त्यो दौड १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । भोजपुरमा जन्मिएकी २७ बर्षे मिरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । सेना समायोजनमा आयोग्य ठहरिएकी उनीले अल्ट्रा दौड सुरु गरेको केही महिनामै सफलता प्राप्त गरेकी थिइन् । अहिले घुडाँको शल्यक्रियापछि उनी आराम गरिरहेकी छिन् ।
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]