4 years ago
July 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीन वर्षअघि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित कुमार यादवले यसै साता भारतको पन्जाव हुने यु–२० फेडेरेसन कपमा प्रतिस्पर्धा गर्दैछन् । तर खेल्ने मिति नजिकिदै गर्दा पनि उनले राम्रोसँगै प्रशिक्षणको अवसर नै पाएका छैनन् । देशमा भएको एकमात्र ट्रयाकसहितको सुविधासम्पन्न रंगशालामा राष्ट्रिय खेलाडीलाई नै प्रवेशमा रोक लगाइएको छ ।
विश्व नै अहिले कोरोनाबाट आक्रान्त छ । यसबाट नेपाल पनि अछुतो छैन । यसका बाबजुत पनि विश्वमा खेलकुद गतिविधि सुरक्षित हुने रणनीति अपनाएर भइरहेका छन् । यसै महिना (जुलाई) मा युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कप सम्पन्न भएका छन् । शुक्रबादेखि जापानको टोकियोमा कोरोना सन्त्रासका बीच ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक शुरु भएको छ । जहाँ जापान सरकारले आपतकाल पनि लगाएको छ । यि भए देश बाहिरको कुरा ।
नेपालमा गत बैशाख १६ देखि निषेधाज्ञा जारी छ । साउनको दोस्रो सातामा आइपुग्दा निषेधाज्ञा केही खुकुलो पारिएपनि पुरै खुलेको जस्तै अवस्था छ । तर केही छिटफुट बाहेक नेपाली खेलकुद गतिविधि ठप्प नै छ । निषेधाज्ञाकाबीच पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) १ जेठमा सम्पन्न भयो ।
राष्ट्रिय पुरुष फुटबल टोलीले सावधानी अपनाउँदै प्रशिक्षण गर्दै इराकसँग मैत्रीपुर्ण र विश्वकप छनोटका बाँकी खेल खेले । महिला राष्ट्रिय भलिबल टोलीको १ असारबाट प्रशिक्षण शुरु भएपनि नेपाल फिलिपिन्स सरकारको रेड जोनमा परेका कारण नेपाल एसियन च्याम्पियनसिप खेल्नबाट वञ्चित बन्यो । अहिले टोलीको प्रशिक्षण स्थगित छ । ओलम्पिकमा सहभागिता जनाउने खेलाडीले सावधानी अपनाउँदै प्रशिक्षण गरे ।
टोकियो पुगेरै खेलिसकेका छन् । खेल्ने क्रममा छन् । पुरुष र महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी छ ।
तर सधै किचलो भइरहने एथलेटिक्समा भने यो हुन सकेको छैन । नेपाल एथलेटिक्स संघको लाचारीपनकै कारण एथलेटिक्स खेलाडी र प्रशिक्षकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा प्रशिक्षण गर्न पाएका छैनन् । अजित त्यसैकारण प्रतियोगिताको तयारीमा लाग्न पाएका छैनन् ।
‘बिहानै रंगशाला गयो, सुरक्षा गार्डले पत्र खोई भनेर सोध्छ, नभए फर्कनु भन्छ । हामीले कहाँबाट पत्र ल्याउने हो । त्यो पनि थाहा छैन ।’ अजितले भने, ‘प्रशिक्षक र उनीहरुलाई लाखौ अनुरोध गरेपछि मुस्किलले तीन देखि चार दिन रंगशालामा गएर प्रशिक्षण गर्ने अवसर पाएँ ।’
‘रंगशालाको सेक्युरिटी इन्चार्ज श्याम रोक्काले पत्र नभए भोलिदेखि नआउनु भन्नुभएको छ । कस्तो पत्र ल्याउनुपर्ने हो केही थाहा छैन । भोलिदेखि कहाँ गएर प्रशिक्षण गरौं?’
अजितले खेल्ने यु–२० फेडेरेसन कप ३१ जुलाईमा पन्जावमा हुदैछ । अजितले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन् । उनीसँगै प्रशिक्षक धनीराम चौधरी पनि पन्जाव जानेछन् । कोभिडको दोस्रो खोपको मात्रा लगाउन बाँकी रहेको उनीहरुले एक दुई दिनमै खोप लगाएर जाने तयारीमा छन् ।
प्रशिक्षण गर्ने वातावरण नै नहुँदा प्रदर्शन कस्तो हुने भन्ने नै अजितलाई चिन्ता छ । तर अजित आफ्नो कीर्तिमानलाई सुधार गर्ने लक्ष्य रहेको सुनाउँछन् । जुनियरमा यो स्पर्धाको कीर्तिमान उनकै नाममा छ । उनले निर्धारित १५ सय मिटर दुरी ४ मिनेट २ सेकेन्डमा पुरा गरेका छन् ।
रंगशालामा प्रशिक्षणको वातावरण मिलाइदिन अजित र प्रशिक्षक धनीराम चौधरीले निकै मिहेनत गरेपनि त्यहाँको सुरक्षा गार्डले कहिले खेलाडी मात्रै छिराउने कहिले प्रशिक्षक मात्रै छिराउने गरेका छन् । गत बिहीबार सुरक्षा गार्डले ओलम्पिकमा जाने सरस्वती चौधरी र उनका प्रशिक्षक सन्तोष श्रेष्ठसँगै अजितलाई रंगशालामा प्रवेश गराए ।
पत्र लिएर आएका केही टोलीले पनि भित्र गएर दौडिने अवसर पाए । अजितका प्रशिक्षक धनीराम चौधरी भित्र छिर्न पाएनन् । कीर्तिमानी बैकुन्ठ मानन्धरसँगै केही भेट्रान टोलीले भित्र छिर्न पाएनन् । बैकुण्ठ मानन्धरलाई त यो सरासर अपमान गरेको जस्तै नै देखियो ।
प्रशिक्षक धनीराम चौधरीले आफुलाई सुरक्षा गार्डले भित्र छिर्नु भनेपनि खेलाडी नै भित्र छिर्न नपाउने भएपछि प्रशिक्षक मात्रै छिरेर के गर्नु भनेर नछिरेको बताए । ‘कोचलाई छिर्न दिने खेलाडीलाई छिर्न नदिने खेलाडी बाहिर कोच एक्लै भित्र गएर के गर्ने ?’ प्रशिक्षक चौधरीले भने, ‘मैले अजितलाई मात्रै प्रशिक्षण गराउने होइन । मलाई सबै एथलिटलाई प्रशिक्षण गराउँदा खुशी लाग्छ । उनको प्रदर्शन सुधारको लागि पनि केही खेलाडीलाई छिर्न दिन अनुरोध गरेका थियौं । तर, त्यो वातावरण नै बनेन । फर्कियौं । यो श्रृंखला दोहोरिरह्यो ।’
‘हामीले सरकारले तोकेको मापदण्डअनुसार नै प्रशिक्षण गछौं भनेर माग गरेका हौ । हामी भीडभाड गर्दैनौं । भौतिक दुरी अपनाएर, मास्क र स्यानिटाइजर लगाएर प्रशिक्षण गछौं भनेर भन्यौं । तर, पदमा रहेका केही जिम्मेवार व्यक्तिहरुबाटै जान्ने बुझ्ने मान्छे भएर सरकारको नियम पालना नगर्ने भनेर भन्नुभयो । छिर्न दिने आश्वासन पनि दियो । तर साता बित्दा पनि छिर्न पाइएन ।’
‘राखेप अन्तर्गतको तालिम तथा प्रशिक्षण विभागबाट प्रशिक्षणको लागि पत्र भनेर पत्र पठाएको छ । हाम्रो घर रंगशालामा नै प्रशिक्षण गर्न नदिएपछि हामी हाजिर गर्न मात्रै आउने ? यो त भएन । प्रशिक्षकको काम प्रशिक्षण गर्ने गराउने हो । काम कर्तव्य नै बिर्सियो भने के हुन्छ । कस्तो खेलाडी आउला ?’
‘सेक्युरिटी इन्चार्जले तपाई पनि निस्किदिनुस् भन्नुभयो । खेलकुद त सेक्युरिटीले चलाइरहेको रहेछ । हामी त पतुर नै रहेछौं । हामी राखेप अन्तरगतको एथलेटिक्सको प्रशिक्षक । प्रशिक्षण नै गराउन नपाएपछि प्रशिक्षकको के अर्थ । पत्र लिएर आउनु भन्नुभयो । कहाँको पत्र ल्याउने केही थाहा छैन ।’
यस विषयमा नेपाल एथलेटिक्स संघलाई जानकारी गराउँदा पनि संघबाट कुनै सहयोग पाउन नसकिएको प्रशिक्षक चौधरीले बताए । ‘कोभिड संसारमा फैलिरहेको छ । उनीहरुले कसरी प्रशिक्षण कसरी गराइरहेको छ । त्यो पनि हेनुपर्छ । हामी यो वातावरणलाई बुझेर प्रशिक्षण गराउछु भन्दा पनि केही हुन सकेन । प्रशिक्षण गर्ने वातावरण मिलोस भन्ने मात्रै हो । अरु केही होइन,’ प्रशिक्षक चौधरीले भने ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्जुन कुलुङ राईले मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करण जितेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समयमा पूरा गर्दै उपाधि जिते । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्ड समय खर्चेर दोस्रो भए । शेर थारु ( […]
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]