4 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी पुष्षा भण्डारी र त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले प्रथम किसुन जी स्मृति हाफ म्याराथनको उपाधि जितेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेशको आयोजना भएको हाफ म्याराथनको महिलातर्फ १ घन्टा २३ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै पुष्पाले उपाधि जितेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फ रजत पदक विजेता पुष्षाको यो वर्षको चौथो उपाधि हो । मंसिरमा नेपालगन्जमा हाफ म्याराथन जितेकी उनले बंगलादेशमा म्याराथन र गत महिना प्रधानसेनापति म्याराथनमा हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।
पुरुषतर्फका विजेता राईले १ घन्टा ६ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेका थिए । पुरुषतर्फ शीर्ष ५ मा आर्मीकै खेलाडी रहन सफल भएन । खगेन्द्र भाटले १ घन्टा ७ मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए । रामजी बस्नेत १ घन्टा ९ मिनेट ३९ सेकेन्ड समयका साथ तेस्रो भए । देवराज बस्नेत (१ घन्टा १० मिनेट २९ सकेन्ड) चौथो र जितेन्द्र अधिकारी दनुवार (१ घन्टा ११ मिनेट ४३ सेकेन्ड) पाँचौं भए ।
महिलातर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो भइन् । उनले १ घन्टा २८ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरिन् । १ घन्टा ३६ मिनेट ४९ सेकेन्ड समयका साथ एपिएफकी आशा राउत तेस्रो भइन् । म्याराथनका महिला र पुरुषतर्फ दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
म्याराथन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा पुगेर टुंगिएको थियो ।
बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो । नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको प्रदेशका संयोजक दीपक गुरुङले जनाएका छन् ।
भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं साग आयोजना गरेको थियो । त्यति बेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागमा पनि नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहेको थियो ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्जुन कुलुङ राईले मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करण जितेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समयमा पूरा गर्दै उपाधि जिते । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्ड समय खर्चेर दोस्रो भए । शेर थारु ( […]
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]