default_image

4 years ago

March 20, 2021

सन्तोषी र गोपी च्याम्पियन

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।

शनिबार भएको प्रतिस्पर्धामा सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्ड र एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा दौड पूरा गर्दै आ आफ्नो विधामा स्वर्ण पदक जितेका हुन् । दुवैले समान ६० हजार रुपैयाँ जिते ।

दुवैले यसै दौडमा राखेको कीर्तिमान समेत तोडेका छन् । पहिलो संस्करणमा सन्तोषीको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको समय थियो । गोपीले पहिलो संस्करणको दौड ३२ मिनेट ०१.२ सेकेन्डमा पूरा गरेका थिए ।

गत वर्ष स्वदेशमा आयोजना भएको सागमा सन्तोषीले १० किलोमिटर र गोपीले ५ किलोमिटरमा स्वर्ण पदक जितेका थिए । रेसमा नयाँ कीर्तिमान राखे वापत सन्तोषी र गोपीले १० हजार रुपैयाँ प्राप्त गरे ।

सन्तोषीको यो वर्षको तेस्रो उपाधि हो । फागुनमा धरान १० किलोमिटर र गत साता गोल्डेन एथलेटिक्स मिटमा ३ किलोमिटरमा स्वर्ण पदक जितेकी थिइन् । गोपीको वर्षको यो दोस्रो उपाधि हो । मंसिरमा नेपालगन्ज म्याराथनको उपाधि जित्दै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३० सेकेन्डका साथ दोस्रो र एपिएफकी फूलमती राना ४० मिनेट ५६ सेकेन्डका साथ तेस्रो भएकी थिइन् ।

पुरुषतर्फ अनिष थापा मगर ३१ मिनेट ५०.४९ सकेन्डका साथ दोस्रो र तीर्थ पुन ३१ मिनेट ५६.३८ सेकेन्डका साथ तस्रो स्थान प्राप्त गरेका थिए । दुवैतर्फका दोस्रोले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको १० किलोमिटर रोड रेसमा ४ सयको सहभागिता रहेको थियो ।

रेसका तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस 

January 14, 2025

संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त

नेपालगन्ज (हाम्रो खेलकुद)- विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई‌ नेपालका लागि आफ्नो दुत नियुक्त गरेको छ । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् ।‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको […]

January 6, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]

December 7, 2024

खडकले जिते धारा नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]

Success

Thank you for your time.