10 years ago
September 5, 2015
प्रथम किड्स ट्रायथलन प्रतियोगिताको ब्वाइजमा आदर्श कार्की र गल्र्समा रैना अग्रवाल शनिबार पहिलो भएका छन् ।
सहभागीले ५० मिटर पौडी, १.५ किलोमिटर साइक्लिङ र ५ सय मिटर दौड पूरा गर्नु पर्नेमा समग्रमा आदर्शले ६ मिनेट १० सेकेन्ड समय लगाउदै शीर्ष स्थान हात पारे । दोश्रो भएका उर्गान महर्जनले ६ मिनेट १६ सेकेन्ड तथा तेश्रो भएका नासिर याकुब हुसैनले ६ मिनेट २४ सेकेन्ड समय निकाले । त्यस्तै रैनाले ६ मिनेट ५० सेकेन्ड समय खर्चिन् । ७ मिनेट ०४ सेकेन्डमा अलेक्जेन्डर ब्राडफोर्ड दोश्रो तथा ७ मिनेट ३० सेकेन्डमा जाना मर्ज तेश्रो स्थानमा रहे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । नेपाल ट्रायथलन संघले सातदोबाटोमा आयोजना गरेको एकदिने प्रतियोगितामा १ सय प्रतिस्पर्धी सहभागी थिए ।
May 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]