default_image

5 years ago

August 12, 2020

डोपिङमा परेपछि १३ औं सागका तीन जनाको पदक खोसियो

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा २०१९ डिसेम्बरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित पदार्थ प्रयोग गरेको भेटिएको अर्थात् डोपिङ टेस्ट पोजेटिभ आएपछि तीन पदकधारीको पदक खोसिएको छ । व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जित्ने तीनै खेलाडी पाकिस्तानका हुन् ।

४ सय मिटर हर्डल्समा स्वर्ण जितेका महबुब अली

एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अलीले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको हो । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको छ । यी तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको छ ।

पहिलो स्याम्पलमा नतिजा पोजेटिभ आएपछि महबुब र मुहमदले दोस्रो स्याम्पल दिएका थिए । दुवैजनाको दोस्रो स्याम्पल पनि पोजेटिभ आएपछि कारवाही गरिएको हो ।

४ सय मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब भारतका जाबिर मदारी पाले स्वर्ण पदक पाउने छन् । भारतका सन्तोष कुमारले रजत पाउँदा त्यसबेला चौथो रहेका श्रीलंकाका आसंका इन्द्रजितले कास्य पदक प्राप्त गर्नेछन् ।

यसरी पुरुष ११० मिटर हर्डल्समा स्वर्ण जितेका नइमको पदक खोसिँदा भारतका सुरेन्दर जयकले स्वर्ण हासिल गरेका छन् । श्रीलंकाका रोशन धामीकाले रजत तथा भारतकै मेमन पौलोसले कास्य पदक प्राप्त गर्नेछन् ।

पुरुष १ सय मिटर दौडमा कास्य जितेका सामी उल्लाह र महबुब अली पाकिस्तानले ४ X १ सय मिटर हर्डल्सको टोलीमा पनि रहेका थिए । डोपिङमा परेसँगै अब पाकिस्तानले जितेको कास्य पदक बंगलादेशले पाउने भएको छ ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.