default_image

8 years ago

August 19, 2016

बोल्टले २ सय मिटरमा स्वर्ण पदक जिते

117 views

0 Bookmark

रियो दि जेनेरियो (एजेन्सी) – जमैकन धावन उसेन बोल्टले रियो ओलम्पिकमा २ सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहानको यो सफलतासँगै उनले जारी ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने सम्भावनालाई समेत जीवित राखेका छन् ।

RIOEC8J0568SG_768x432 - Copy
२९ बर्षे बोल्टले १९.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् । क्यानडाका आन्द्रे डी ग्रासेले रजत र फ्रान्सका क्रिस्टिोफे लिमेट्रेले कास्य पदक जिते ।
बेलायतका एडम गिमिलीले लिमेट्रेसँगै दौड पुरा गरेपनि फोटो फिनिसमा पछि परेर पहिलो ओलम्पिक पदक जित्नबाट चुके ।
बोल्टले रियो ओलम्पिकमा १ सय मिटरमा यसअघि नै स्वर्ण जितिसकेका छन् । अब उनले शनिबार जमैकन टोलीसँग ४ गुना १ सय मिटर रिलेमा प्रतिस्पर्धा गर्नेछन् ।
बोल्टले सन् २००८ को बेजिङ ओलम्पिक र २०१२ को लन्डन ओलम्पिकमा १ सय ,२ सय र ४ गुना १ सय मिटर रिले तीनै वटा इभेन्टमा स्वर्ण पदक जितेका थिए ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

January 31, 2025

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]

January 25, 2025

सन्तोषी र राजन प्रोटिन हाफ म्याराथनको विजेता

काठमाडौं(हाम्रो खेलकुद) – ओलम्पियन सन्तोषी श्रेष्ठले र त्रिभुवन आर्मी क्लबका राजन रोकायले शनिवार राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जितेका छन्। महिला विजेता सन्तोषी र पुरुष विजेता राजन दुवैको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि […]

Success

Thank you for your time.