9 years ago
August 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एथलेटिक्सका हरिकुमार रिमालले रियो ओलम्पिकको ५ हजार मिटर दौडमा कमजोर प्रदर्शन गरेका छन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित रियो ओलम्पिक पुगेका उनी आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन असफल रहे । बुधबार साँझ हिटमा दौडेका हरिले १४ मिनेट ५४.४२ सेकेन्ड समय निकालेका थिए । त्रिभुवन आर्मी क्लबका उनको उत्कृष्ट समय १४ मिनेट ३२.१८ सेकेन्डको छ ।
१४ मिनेट ०१.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ आर्मीकै राजेन्द्र भण्डारीको नाममा छ । उनले सन् २००४ एथेन्स ओलम्पिकमा उक्त कीर्तिमान बनाएका थिए ।
हरिले फागुनमा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) ५ हजार मिटरमा कास्य पदक जितेका थिए । सागमा एथलेटिक्समा पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् । त्यहि प्रदर्शनले उनलाई रियो सम्म पुर्याएको थियो, तर उनी त्यहाँ आफ्नै उच्च प्रदर्शन गर्नबाट चुके ।
हरिले राष्ट्रिय कीर्तिमानको लक्ष्य बनाएर दौडदा त्यस्तो नतिजा आएको बताएका छन् । उनले भने, ‘व्यक्तिगत उत्कृष्ट तिर मैले ध्यान दिइन , खाली राष्ट्रिय कीर्तिमान मात्रै थियो । ४\५ लेनपछि मैले गतिलाई कायम गर्न सकिन । कोशिस गरे, तर सकिएन ।’
हरिका प्रशिक्षक पुष्पराज ओझाले आफ्नै गतिमा दौडेको भए व्यक्तिगत उत्कृष्ट समय निक्लने विश्वास व्यक्त गरे । ओलम्पियन ओझाले थपे,‘तर उनले राष्ट्रिय कीर्तिमानमा बढी केन्द्रित भए । इन्डुरेसन पुगेन । विश्वका उत्कृष्ट धावकहरुको गतिमा हामी दौडन सक्दैनौं ।’
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]