5 years ago
December 22, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
‘एथलेटिक्स मेरो लागि जीवन हो ।’ शनिबार काठमाडौं म्याराथनको उपाधिमा ह्याट्रिक गरेपछि ३८ वर्षे भक्तपुरकी कान्छीमाया काजुले भनिन् । उनको भनाईको मर्म सायद त्यहि क्षेत्रमा जिन्दगी बिताएले जस्तो अर्को कसैले बुझ्न कठिन छ ।
दक्षिण एसियाकै कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले दौडन थालेको ५ दशक पुरा भइसकेको छ । अहिले पनि उनी सौखलाई लागि दौडिन्छन् । अघिल्लो महिना धारा नेपालगन्ज म्याराथनमा ५ किलोमिटर दौड पुरा गरेको मानन्धरले शनिबार पनि ५ किलोमिटर पुरा गरे । खेलमा रमाउनेलाई थाहा छ, यो त कुनै लागुपदार्थ भन्दा पनि डरलाग्दो नशा हो ।
नेपालको एथलेटिक्समा पुरुषतर्फ सफल र समर्पित मानन्धर बाहेक अन्यको नाम पनि पक्कै आउँछ नै । तर, एथलेटिक्समा महिला खेलाडीको प्रसंग आउँदा कान्छीलाई छाड्ने हो भने त्यो अपूरो हुनेछ । उनको जीवनमा पनि उतरचढाव नआएको होइन, तर उनले दौडन भने छाडिनन् । केहि समय विदेशमा भुलिएपछि उनी फरि स्वदेश फर्केर दौडन थालिन् । अब दौडिन सक्दिन भनेर केहि समय हरेश खाएपनि पछि फेरि त्यहि दौडले उनलाई उर्जा दिएको अनुभव छ ।
व्यवसायिक रुपमा दौडन थालेकी २३ वर्ष भइसकेको छ । यो त कुनै तपस्या भन्दा कम होइन । २३ वर्ष लामो सक्रिय खेल जीवन नेपालको महिला एथलेटिक्सका लागि उदाहरणीय हो । उनले ओलम्पिकमा देशलाई प्रतिनिधित्व गरेकै डेढ दशक पुरा भइसकेको छ । यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनको सहभागिता भएन । धेरैलाई अहिले पनि थाहा छैन, आखिर किन उनी सागका लागि छनोट भइनन् ।
कान्छीमायाको भनाईमा पिताको निधन पनि उनी लगभग पुरै टुटेकी थिइन् । त्यस्तो कमजोर महसुस उनले त्यसअघि कहिल्यै गरिनन् । आफ्नो हातबाट सबै छुटे जस्तो भयो । अब केहि गर्न सक्छु भन्ने हिम्मत नै हरायो । अब म केहि गर्न सक्दिन । त्यस्तोमा दौडन सक्ने त कुनै भएन । उनले दौडन छाडिन् । त्यहि समयमा वैशाखमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद भयो । तर , उनले त्यसमा भाग लिइनन् । त्यो १३ औं सागका लागि खेलाडी छनोटको आधार थियो । भाग मात्र लिएपनि छनोट गर्न सकिने प्रशिक्षकहरुको सुझावलाई पनि उनलाई मान्न मन लागेन । उनले लगभग दौडबाट नाता तोडेकी थिइन् ।
समय बित्दै गयो । विस्तारै उनले सहज महसुस गर्दै गइन । दौड त उनको दिमागबाट हट्ने कुरै भएन । १३ औं साग खेल्ने सपना पुरा नभएपनि उनीलाई फेरि दौडमा फर्कने मन भयो । काठमाडौं म्याराथनमा यसअघि नै ४ पटक जितिसकेकी उनी लगाता पछिल्लो २ पटकको च्याम्पियन थिइन् । उनलाई ह्याट्रिक गर्न पाए हुने भन्ने लाग्न थाल्यो । तीन महिना अगाडि फेरि उनले आभ्यास थालिन् ।
१३ औं सागमा ओलम्पिक टर्चको देशव्यापी यात्रामा भाग लिएर त्यसको हिस्सा बनिन् । तर, सागमा नेपालले अहिले सम्मकै सर्वाधिक सफल नतिजा निकाल्दा उनी त्यसको हिस्सा बन्न सकिनन् । भन्छिन्, ‘सम्भवतः त्यो क्षण मेरो लागि अर्को दुःखत हो । तर अर्को कारणले म एकदमै खुसी छु । सन्तोषी बहिनीले १० हजार मिटरमा स्वर्ण पदक जितिन् । मैले दुई पटक भेटेर बधाई दिइसके । उनले जित्दा मैले आफै जितेको महसुस गरे । हामी महिला एथलेटिक्स खेलाडीका लागि त्यो महत्वपूर्ण उपलब्धी हो ।’
दशौं सागमा कान्छी आफैले १० हजार मिटरमा रजत पदक जितेकी थिइन् । हालसम्म पनि ३५ मिनेट ०३ सेकेन्डको राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ । सन्तोषीले ३५ मिनेट ०७ सेकेन्डमा दौड पुरा गर्दै सागमा स्वर्ण पदक जितेकी थिइन् । कान्छीलाई लाग्छ त्यो खेल्न पाएको भए स्वर्ण जित्ने सम्भावना थियो । तर, खेलकुदमा यदि र तरको कुनै अर्थ छैन । अब १३ औं साग इतिहास भइसकेको छ ।
त्यति मात्र होइन हाफ म्याराथन र ५ किलो मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान कान्छीकै नाममा छ । हाफ म्याराथनमा उनको १ घन्टा १८ मिनेट २६ सेकेन्ड र ५ किलोमिटरमा १६ मिनेट ४९.५८ सेकेन्डको कीर्तिमान छ । फुल म्याराथनको उनको राष्ट्रिय कीर्तिमान १३ औं सागमा पुष्पा भण्डारीले तोडेकी थिइन् । पुष्पाले २ घन्टा ५० मिनेट १७ सेकेन्डमा म्याराथन पुरा गर्दै रजत पदक जितेकी थिइन् । त्यसअघि कान्छीको नाममा २ घन्टा ५० मिनेट ४१ सेकेन्डको कीर्तिमान थियो ।
खेल जीवनमा जस्तै उतारचढाव आएपनि कान्छी फेरि दौडमा फर्केकी छन् । तर, उनलाई भेट्ने खेलाडी अहिले पनि छैनन् । शनिबार उनले २ घन्टा ५७ मिनेट २७ सकेन्डमा दौड पुरा गरिन् । दोस्रो हुने खेलाडी उनी भन्दा भन्डै २२ मिनेटले पछाडि थिइन् । देश भित्र उनले भाग लिएका अधिकांश प्रतियोगिता उनले जितेकी छिन् । उनी नेपाली एथलेटिक्सकी सदावहार खेलाडी हुन् । उमेर बढ्दै जाँदा पनि दौडनले उनको भोकमा कुनै कमी आएको छैन ।
सफलताको एकमात्र कारण भनेको, आफ्नो मन देखि दौडने चाहनालाई पुरा गर्न हरेक दिन गरिने मेहनत नै मान्छिन् । त्यो सँगै आफ्ना प्रशिक्षक, आफ्नो क्लब एपिएफ र एथलेटिक्समा लाग्ने आफ्ना अग्रजहरुको सल्लाह, सुझाव र सहयोगले आफु सफल हुनुको अर्को कारण मान्छिन् उनी । उमेर बढ्दै जाँदा उनले लामो दुरी रोजेको खुलाइन् ।
‘सानो उमेरमा सबै बलियो नै हुन्छन् । छोटो दुरीका दौडन बलियो हुनै पर्छ । आफुलाई पनि कमजोर हुँदै गएको अनुभव हुन्छ । त्यसैले मैले आफुलाई लामो दुरीमा सिफ्ट गरेकी हुँ,’ उनले भनिन् । ८ सय, १५ सय, ५ हजार १० हजार हुँदै कान्छीले आफुलाई हाफ र फुल म्याराथनमा लगेकी हुन् । एथलेटिक्समा लाग्ने जो कसैका लागि पनि उनी एउटा प्रेरणाको श्रोत हुन् ।
सागकी स्वर्ण पदक विजेता सन्तोषी कान्छीलाई आफ्नो आदर्श मान्छिन् । ‘दिदीले इच्छाका अगाडि उमेर बाधक हुँदैन भनेर प्रमाणित गर्नुभएको छ। हामीले दुनियाँका खेलाडीको उदाहरण हेर्नुपर्दैन । कान्छी दिदीलाई हेर्दा पुग्छ । त्यस्तो खेलाडी सधै जन्मदैनन् । हामी सबैको प्रेरणाको श्रोत हो उहाँ । मैले उहाँलाई सधै उस्तै देखेको छु । दौडने भोक कहिल्यै नमेटिन् । हामीले उहाँबाट सिक्ने कुरा धेरै छन्,’ २६ वर्षीय सन्तोषीले सुनाइन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]