5 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको काठमाडौं म्याराथन अन्तरगतको ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनेकी छन् ।
त्रिपुरेश्वस्थित दशरथ रंगशाला परिसरबाट शुरु भएको ५ किलोमिटर दौड विभागीय नेपाल एपीएफ क्लबका अजितले १७ मिनेट १९ दशमलव ९१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेको हो । यसअघि अजितले गत मंसिर ७ मा भएको धारा नेपालगन्ज म्याराथन अन्तरगतको १० किलोमिटर दौडमा च्याम्पियन बनेको थियो । अस्वस्थताका कारण १३औं सागको राष्ट्रिय टोलीमा रहेर पनि अन्तिम समयमा क्याम्पबाट बाहिरिनु परेको थियो । उनी पुनरागमनको पहिलो प्रतियोगितामा च्याम्पियन बन्न सफल भएको थियो ।
आर्मीका गजेन्द्र राईले १७ मिनेट ३० दशमलव ६३ सेकेन्डसहित दोस्रो स्थान आत पारे । आर्मीकै शिव बहादुर रायमाझीले १७ मिनेट ५३ दशमलव २२ सेकेन्डसहित तेस्रो स्थान हात पारे ।
महिलातर्फ आर्मीकी सरस्वती भट्टराईले निर्धारित दुरी २२ मिनेट ०३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनिन् । विर्षना कुमालले २२ मिनेट ०९ सेकेन्डसहित दोस्रो स्थान हासिल गरिन् । २३ मिनेट ३१ सेकेन्डसहित काजल विष्टले तेस्रो तथा २४ मिनेट ०३ सेकेन्डसहित जुनेली सुनारले चौथो स्थान हासिल गरिन् ।
५ किलोमिटर खुला दौडको दुवै तर्फको विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ हात पारे ।
५ किलोमिटर मास्टर्समा यमी महर्जनले १९ मिनेट १७ दशमलव ०४ सेकेन्डसहित पहिलो भए । भीम गुरुङ २१ मिनेट २६ दशमलव ५० सेकेन्डसहित दोस्रो तथा कपिल थापा २७ मिनेट १९ दशमलव १५ सेकेन्डसहित तेस्रो भए । महिलामा अनु चित्रकार पहिलो भए ।
ह्वीच चेयर पुरुषमा कृष्ण राज चौधरी १५ मिनेट १९ दशमलव ८४ सेकेन्डसहित पहिलो भए । २० मिनेट ६ दशमलव १७ सेकेन्डसहित सन्देश चौधरी दोस्रो तथा निर बहादुर दाहालले २४ मिनेट ०३ दशमलव १४ सेकेन्डसहित तेस्रो भए ।
महिलामा यमी झाक्री मगरले २१ मिनेट ०८ दशमलव ७६ सेकेन्डसहित पहिलो भए । शर्मिला थोकरले २२ मिनेट २७ दशमलव ६९ सेकेन्डसहित दोस्रो स्थान हासिल गरिन् । ज्योति अर्यालले २८ मिनेट ५८ दशमलव ३९ सेकेन्डसहित तेस्रो स्थान हात पारिन् ।
५ किलोमिटर छात्र-छात्रा तथा ह्विलचियरको विजेताले ५, दोस्रोले ३ र तेस्रोले २ हजार प्राप्त गरे । फेमिली दौडका विजेताले १०, दोस्रोले ५ र दोस्रोले ३ हजार रुपैयाँ प्राप्त गरे ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]