5 years ago
December 7, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका साेम बहादुर कुमालले पुरुष ८०० मिटर दाैडमा कास्यपदक जितेका छन् । त्रिपरेश्वरस्थित दशरथ रंगशालाकाे ट्याकमा शनिबार भएकाे स्पर्धामा साेमले कास्य पदक जित्न सफल भएकाे हाे।
उनले निर्धारित दुरी १ मिनेट ५१ दशमलव ४४ सेकेन्डमा पुरा गर्दै कास्यपदक जित्न सफल भएकाे हाे । साेमले शुरुवातदेखि नै अग्रता लिएपनि अन्तिमा राउन्डमा पछि परेकाे थियाे ।
श्रीलंकाका मार्सेल इन्डाेनियलले १ मिनेट ५० दशमलव ५२ सेकेन्डमा पुरा गर्दै स्वर्णपदक जिते । भारतका १ मिनेट ५१ दशमलव २५ सेकेन्डमा पुरा गर्दै रजतपदक जिते ।
यससँगै नेपालले एथ्लेटिक्समा ७ पदक जित्न सफल भएकाे छ। जसमा ३ स्वर्ण, १ रजत र ३ कास्य जित्न सफल भएकाे छ।
सन्ताेषी श्रेष्ठले १० हजार मिटरमा, गाेपीचन्द्र पार्कीले ५ हजार मिटरमा तथा किरण सिहं बाेगटीले म्याराथनमा स्वर्ण जितेका छन् । पुष्पा भण्डरी `जिंगर´ ले म्याराथनमा रजत तथा टंक कार्कीले १५०० मिटर, दिपक अधिकारीले १० हजार मिटरमा तथा हरि कुमार रिमालले ५ हजार मिटर दाैडमा कास्य जित्न सफल भएका हुन् ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]