default_image

5 years ago

November 18, 2019

धारा नेपालगन्ज म्याराथनमा आर्शिवाद र वाणिज्य बैंकको साथ

158 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– साताको अन्त्यमा आयोजना हुने धारा नेपालगञ्ज म्याराथनमा दुई संस्था सह प्रायोजकका रुपमा आबद्ध भएका छन् । धारा शुद्ध तोरीको तेल मुख्य प्रायोजकका रुपमा रहेको म्यराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएको आयोजक क्रिएटिभ ह्याण्ड्सले प्रेस विज्ञप्तीमार्फत सोमबार जनाएको छ । धारा म्यारथनको पाँचौं संस्करण शनिबार आयोजना हुँदैछ ।

क्रिएटिभ ह्याण्ड्सले सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष म्याराथन आयोजना गर्दै आएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरका रुपमा परिचित छ । क्रिएटिभ ह्याण्डले पनि सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्य लिएको उल्लेख गरेकोछ ।

नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको विश्वास लिएको क्रिएटिभ ह्याण्ड्सले विश्वास लिएको छ ।पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथाखुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समेटिएको छ ।

यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमाजनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा विभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउने बताइएको छ । म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथाआकर्षक उपहारबाट पुरस्कृत गरिने जनाइएको छ । अन्य सबै विधामा पनि नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।

 

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भागलिदैआएका छन् ।

नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् ।

January 14, 2025

संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त

नेपालगन्ज (हाम्रो खेलकुद)- विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई‌ नेपालका लागि आफ्नो दुत नियुक्त गरेको छ । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् ।‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको […]

January 6, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]

December 7, 2024

खडकले जिते धारा नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]

Success

Thank you for your time.