default_image

5 years ago

November 17, 2019

धारा तेल नेपागञ्ज म्याराथनको मुख्य प्रायोजक

337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साताको अन्त्यमा आयोजना हुने नेपालगन्ज म्याराथनलाई धारा शुद्ध तोरीको तेलले प्रायोजन गर्ने भएको छ । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा हरेक वर्ष आयोजना हुने म्याराथनको पाँचौं संस्करण शनिबार आयोजना हुँदैछ ।

केएल दुगडका महाप्रबन्धक प्रदीप कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । अब प्रतियोगिताको नाम धारा नेपालगन्ज म्याराथन रहने बताइएको छ । धारा केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन हो । सम्झौता रकम नखुलाईएपनि सम्झौता दुई वर्ष रहने बताइएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरका रुपमा परिचित छ ।सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजकको उद्देश्य रहेको बताइएको छ ।

कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यमका रुपमा नेपालगन्ज म्याराथन एउटा महत्वपूर्ण कडि बन्ने सक्ने भन्दै नेपालगञ्जलाई महानगर बनाउने अवधारणामा यसले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथाखुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समेटिएको छ ।

यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको आयोजकले जनाएको छ । जसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहने विश्वास छ ।

म्याराम्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ बताएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामानगद पुरस्कार बृद्धि गरिने आयोजक क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले बताएका छन् ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.