5 years ago
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व खेलाडी तीर्थ ओली नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय संयोजक तोकिएका छन् । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते आयोजना हुँदैछ ।
नेपालगञ्ज म्याराथनलाई विदेशमा समेत चर्चित बनाउन वलीलाई संयोजक बनाइएको आयोजक संस्थाका अध्यक्ष टि एस ठकुरीले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् । नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका धावक हुन् । उनी अहिले जर्मनीमा बस्दै आएका छन् ।
सन् २००४ मा १५०० मिटर र १० हजार मिटरमा जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका वली २००५÷०६ मा १५०० मिटर (सिनियर दौड)मा तेस्रो भएका थिए । २००२ देखि २००६ सम्म नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका वलीले २००६ देखि २०१५ सम्म जर्मनीमा भएका लामो र छोटो दुरीका प्रतियोगितामा भाग लिइसकेका छन् ।
खेल क्षेत्रको मर्म बुझेका वलीलाई अन्तर्राष्ट्रिय संयोजक बनाउन पाउँदा खुसीलागेको ठकुरीले बताएका छन् । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर भनेर चिनिन्छ ।
सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्य रहेको नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने शसक्त माध्यम बन्ने आयोजकको बुझाई छ ।
नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीतिलाई म्याराथन आयोजनाले थप बल पुग्ने विश्वास आयोजकको छ ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]