default_image

5 years ago

September 30, 2019

ऐतिहासिक लिगलिगे दौड बिहीबार

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसवर्षको (१०औं संस्करण) लिगलिगे दौड यही बिहीबार आयोजना हुने भएको छ । ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही बिहीबार अर्थात भदौं १६ गते हुने आयोजक लिगलिग कोट विकास अभियानले जानकारी गराएको छ ।

यसपटकको दौड जित्ने धावकलाई एकरात लिग लिग कोटको राजको रुपमा राखिने र एक वर्षभर लिग लिग कोटको सद्भावना दुतको रुपमा राखिने लिग लिग कोट बिकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले हाम्रो खेलकुदलाई जानकारी गराए ।

लिगलिगे दौड १३.८ किमिको हुनेछ । दौड पालुङटार नगरपालिकास्थित चेपेघाटबाट सुरु भएर दौड लिगलिगकोट दरबारमा आएर टुंगिने छ । प्रतियोगिताको विजेताले ६० हजार १ सय नगदसहित लिगलिगे राजा घोषित गरिनेछ । विजेताले श्रीपेच समेत प्राप्त गर्नेछ । पाँच वर्षको अन्तरमा तीनपटक विजेता बनेपछि भारतीय सेनाका अनिष थापामगरले श्रीपेच कब्जा गरेका थिए । अनिषले २०७१, २०७३ र गतवर्ष लिगलिगे दौडको विजेता बनेका थिए ।

प्रतियोगितामा दोस्रोले ३५ हजार १ सय, तेस्रोले २५ हजार १ सय, चौथोले १५ हजार १ सय र पाँचौले १० हजार १ सय नगद पुरस्कार पाउनेछन् । त्यस्तै छैटौंले ७ हजार १ सय, सातौंले ५ हजार १ सय, आठौंले ४ हजार १ सय र नवौले ३ हजार १ सय र १०औंले २ हजार रुपैया नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । लिगलिगे दौड अन्तर्गत नै ५ किमिको समावेशी महिलातर्फको विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाउनेछन् । भेट्रान्सतर्फ वजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाउनेछन् ।

स्थानीय लिगलिग बासीको लागि हुने १३.५ किमीको दौडमा पहिलोले २० हजार ५, दोस्रोले १२ हजार ५, तेस्रोले ७ हजार ५ र सान्त्वनाले ३ हजार ५ नगद पुरस्कार पाउनेछन् । विद्यालय छात्र र छात्राको ३ किमीको दौडमा पहिलोले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रोले २ हजार १ सय पाउनेछन् । लिग लिग कोट बिकास अभियानको मुख्य आयोजनामा हुने दौडलाई पालुङटार नगरपालिका र नेपाली सेनाको रणसिंह दल गणले साथ रहेको प्रतियोगिताको अनुमानित बजेट करिव २९ लाख रहने आयोजकले अनुमान गरेको छ ।

लिगलिगे दौड वि.स. १६०४ को विजया दशामीको दिनदेखि शुरु भएको मानिएको छ । त्यतिबेला दलसुर घलेमगरले दौड जितेका थिए । त्ययता दलसुरले लगातार दौड जित्दै १६०४ देखि १६१५ सम्म राजा बनेका थिए । बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो ९ वर्षयता हुँदै आएको छ । लिग लिग कोट बिकास अभियान विगत ९ वर्षदेखि हरेक वर्ष विजया दशामीको अवसरमा यौ दौडको आयोजना गर्दै आएको छ ।

लिगलिगे दौडका अहिलेसम्मको विजेताहरु

भुमिराज राई (नेपाल पुलिस, २०६७)

हरि कुमार रिमाल (त्रिभुवन आर्मी, २०६८)

समिर तामाङ (त्रिभुवन आर्मी, २०६९)

कृष्ण बहादुर बस्नेत (त्रिभुवन आर्मी, २०७०)

अनिष थापामगर (भारतीय सेना, २०७१)

हरि कुमार रिमाल (त्रिभुवन आर्मी, २०७२)

अनिष थापामगर (भारतीय सेना, २०७३)

खगेन्द्र बहादुर भाट (भारतीय सेना, २०७४)

अनिष थापामगर (भारतीय सेना, २०७५)

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.