default_image

10 years ago

August 5, 2015

एथलेटिक्स टोली बैदेशिक प्रशिक्षणमा

170 views

0 Bookmark

भारतको सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै नेपाल एथलेटिक्स संघले ८ राष्ट्रिय खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएकोछ ।

athletic team
थाइल्यान्डको राजधानी बैंककको थाइ प्रशिक्षण शिविरमा चार पुरुष र चार महिला गरि आठ खेलाडीले ४० दिने विशेष प्रशिक्षण लिने अवसर प्राप्त गरेका छन् ।
नेपाली टोलीलाई संविधान सभाका सभासद् एवं नेपाल एथलेटिक्स कमिटिका अध्यक्ष राजीव शाहले राष्ट्रिय खेलकुद परिषदमा शुक्रबार बिदाई गरे । बैंकक प्रस्थान गर्ने नेपाली एथलेटिक्स टोलीमा सुर्य खत्री (हाइजम्प), डिल्ली खत्री (लङजम्प/ट्रिपलजम्प), आशिष चौधरी (१००/२०० मिटर स्प्रिन्ट), मुक्तीबहादुर खड्का (८०० मि.), सिमा कुमार थारु (जाभलिङ्ग थ्रो), अमृता महतो (थिक्स थ्रो), सरस्वती भट्टराई (८००/१५०० मि.), सरस्वती चौधरी (१००/२०० मि.) रहेका छन् । टिम प्रशिक्षकमा बरिष्ठ प्रशिक्षक विक्रम जंग थापा र राकेश बज्राचार्य तथा टिम ब्यवस्थापकमा सन्तोष श्रेष्ठ त्यस तर्फ जाने भएका छन् ।
प्रशिक्षणको लागि नेपाली टोलीलाई एशियन एथलेटिक्स महासंघको अध्यक्षको पहलमा महासंघले १० हजार डलर र थाई एथलेटिक्स संघबाट ६ हजार डलर सहयोग प्राप्त भएको एथलेटिक्स संघका अध्यक्ष राजीव शाहले जानकारी गराए । अध्यक्ष शाहले टोलीलाई शुभकामना सहित बिदाई गर्दै विशेष प्रशिक्षणले नेपाली खेलाडीहरुको स्तरबृद्धि हुने विश्वास ब्यक्त गरे ।
सो प्रशिक्षण पश्चात खेलाडीहरुले ६ देखि १० सेप्टेम्बर २०१५ मा बैंककमानै आयोजना हुने ६१ औं थाइ ओपन एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाउने छन् । टोली सोमबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

Success

Thank you for your time.