default_image

7 years ago

August 25, 2018

एसियाड म्याराथनः कृष्ण र गोपी दौड पूरा गर्न असफल

98 views

0 Bookmark

दिपक न्यौपाने
जाकार्ता – इन्डोनेसियामा जारी १८औं एसियाड अन्तर्गत शनिवार बिहान सम्पन्न म्याराथनमा नेपालका दुवै धावकले दौड पूरा गर्न सकेनन् । नेपालबाट म्याराथन (४२.१९५) किलोमिटर दुरीमा प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् ।

गोपीचन्द्र पार्कीः फाइल तस्वीर

१५ धावकले दौड पूरा गर्दा ६ खेलाडीले म्याराथन पुरा गर्न सकेनन् ।  यो म्याराथनमा जापानका हिरोतो इनोइले निर्धारित दुरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पुरा गर्दै स्वर्ण जित्न सफल भए । बहराइनका एलहसन एलाबासीले पनि निर्धारित दुरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पूरा गरेपनि दोस्रो स्थानमा रहे ।  दुरी २ घण्टा १८ मिनेट ४८ सेकेण्डमा दुरी पूरा गर्दै चीनका बुजेई डुओले कास्य जिते ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.