default_image

7 years ago

August 4, 2018

जापानीज ओलम्पियनद्वारा नेपालीलाई प्रशिक्षण

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जापानकी एथलेटिक्सकी ओलम्पियन खेलाडी युरिका नाकामुराले शनिबार नेपाली एथलेटिक्सका खलोडीलाई प्रशिक्षण दिएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) जापानको तामुरा सिटी र एथलेट सोसाइटीबीच सन् २०२० को टोकियो ओलम्पिकमा नेपाली खेलाडीको तयारीको विषयमा सम्झौता भएको दोस्रो दिन नै ओलम्पियन नाकामुराले नेपाली एथलेटलाई प्रशक्षिण दिएकी हुन् ।

एक दिने कार्यशालामा नेपाली एथलेटहरुको उपस्थिति रहेको थियो । नाकामुरा २००८ मा चीनको बेइजिङमा भएको ओलम्पिकमा सहभागी भएकी म्याराथन खेलाडी हुन् । प्रशिक्षक बनिसकेका ओलम्पियन नकामुराले प्रशिक्षकका लागि समय व्यवस्थापनका महत्वपूर्ण विषयमा प्रशिक्षण दिएकी थिइन् ।

त्यसैगरि शारिरिक अभ्यासको विषयमा पनि आधारभुत शिक्षा दिइएको थियो । प्रयोगात्मक पशिक्षण भने लगनखेलस्थित सेनाको खेलकुद मैदानमा गरिएको थियो । तामुरा सिटीका उपमेयर नाओयुकी कावागौसी र जापानको एथ्लेस्ट सोसाइटीका महासचिव डाक्टर सोको एओकी र एनओसीका सदस्य निलेन्द्र श्रेष्ठ शनिवार भएको समारोहमा उपस्थित थिए ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.