7 years ago
July 14, 2018
जुम्ला (हाम्रो खेलकुद)– जुम्लाका दुर्गाबहादुर बुढा र सुनमाया बुढा जुम्ला रारा अल्ट्रा म्याराथनमा आ–आफ्नो विधामा च्याम्पियन बनेका छन् । पुरुषतर्फ दुर्गाले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरे । जुम्लाकै धिर बुढा ५ घण्टा २८ मिनेट ३२ सेकेण्डका साथ दोस्रो हुदा जुम्लाकै धिरेन्द्र भण्डारीले तेस्रो स्थान हात पारे ।
महिलातर्फ जुम्लाकी सुनमाया बुढाले ६ घण्टा ३४ मिनेट ४० सेकेण्डमा दुरी पुरा गर्दै च्याम्पियन बनिन् । जुम्लाकी राममाया बुढा र हिमाली रावतले क्राम ६ घण्टा ५९ मिनेट ४३ सेकेण्ड तथा ७ घण्टा १० मिनेट १७ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हात पारिन् ।
प्रतियोगितामा विजयी भएका महिला तथा पुरुष खेलाडीहरुले जनही ।५० हजार, ३० हजार र २० हजार प्राप्त गरे । शीर्ष १० मा पर्न सफल खेलाडीहरुले २० हजार पाए । रारा कर्णाली पर्यटन वर्ष र शाहसिक खेलकूद पर्यटन प्रबधन तथा कर्णालीका विभिन्न क्षेत्रहरु लाई विश्वसामु चिनाउनका लागी जुम्ला रारा अल्ट्रा म्याराथन असार २७ गते भएको थियो ।
जुम्ला रारा अल्ट्राम्याराथन प्रतियोगिताको रुट जुम्ला बजार समुद्री सतह दुई हजार तिन सय पचास देखी, डाँफेलेक, खाली, न्याउरीघाट,चौथा, चार हजार सत्र मिटर चुचेमारा, मिलीचौर हुदै हुटु, रारा लेक सम्म रहेको थियो ।
कर्णालीमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको अल्ट्रा म्याराथन प्रतियोगिता राष्ट्रिय तथा स्थानिय गरि ३२० जना खेलाडी सहभागी भएका थिए । जसमध्ये २५ जना महिला खेलाडी रहेका थिए । जसमध्ये ७२ जना खेलाडीले दूरी पार गरेका थिए ।
March 13, 2025
दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]
March 8, 2025
हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]
March 7, 2025
हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]