default_image

7 years ago

March 29, 2018

दक्षिण एसियाली क्रस कन्ट्रीमा नेपाललाई दुई पदक

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जित्दै नेपाली खेलाडी बिहीबार स्वादेश फर्केका छन् ।

पदक विजेता खेलाडी बायाँबाट क्रमश : विन्द्रा धान्के श्रेष्ठ, रेशु बस्नेत र विश्वरुपा बुढा (जसले व्यक्तिगततर्फ रजत पदक जितिन् ) ।

मंगलबार थिम्पुमा भएको च्याम्पियनसिपमा विश्वरुपमा बुढाले ८ किलो मिटरमा रजत पदक जितेकी छिन् । त्यस्तै विश्वरुपासहित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको टोलीले टिम इभेन्टको ८ किलो मिटरमै कास्य पदक जितेको थियो ।

महिलामा सानुमाया कार्की तथा पुरुषमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । टोलीको प्रशिक्षकमा एथलेटिक्सको मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ रहेका छट् । टोलीलाई एथलेटिक्स संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 16, 2025

सन्तोषी लन्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीवार बेलायत जाने भएकी छन् । वैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.