default_image

7 years ago

March 21, 2018

दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आइतबार

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आइतबार हुने भएको छ । राम नवमीको दिन पारेर रेस आयोजना गर्न लागिएको बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक झिल्टुङ युवा र समूहका अध्यक्ष मोहन नेपालले जानकारी दिए ।

रेस १३ दशमलव ४ किलोमिटरको दुरीमा महिला र पुरुषमा खुल्ला रहनेछ । रेस नुवाकोटको कोल्पुटार, बेलेनी, राजोदर, खड्काछाप, माझगाँउ, लामाचौर हुदै कोल्पुटार आएर टुंगिनेछ । रेसको दुवै तर्फको विजेताले समान १५ हजार रुपैया पाउने आयोजक समूहका अध्यक्ष नेपालले जानकारी दिए ।

दोस्रो देखि छैटौ हुनेले ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैया प्राप्त गर्नेछ । यस्तै पहिलो संस्करणको समयमा सुधार गरे दुवैतर्फ बोनस स्वरुप ५ हजारले पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ । रेस संयोजक समेत रहेका नेपालले राम्रा खेलाडी उत्पादन होस भन्ने उद्देश्यले रेस आयोजना गरिएको पनि बताए ।

यस्तै ४ दशमलव ५ किलोमिटरको क्रस कन्ट्री रेस पनि हुने आयोजकले जनाएको छ । दोस्रो संस्करणको रेसमा करिव २ सय जनाले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । पहिलो संस्करणमा पुरुषतर्फ आर्मीका होमलाल श्रेष्ठ र महिलातर्फ आर्मीकै सन्तोषी श्रेष्ठ च्याम्पियन बनेको थियो ।

March 13, 2025

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स- प्रभाले जितन् रजत

दिपक बोहोरा, पाँचथर प्रभा आङ्देम्बेले भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जितेकी छन् । बिहीवार भएको खेलमा पाँचथरकी प्रभाले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निवासी हुन् ।प्रभाले महिला २ सय , ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् । विश्व पारा एथ्लेटिक्स राखेपकी […]

March 8, 2025

झापा राष्ट्रपति रनिङ सिल्ड- अर्जुनधारा अगाडि

हिमाल खरेल, भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन अर्जुनधारा पहिलो स्थानमा उक्लिएको छ । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिन शनिवार खेलहरु सकिँदा एथलेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथलेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ पदकसहित अग्रस्थानमा रहेको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए । […]

March 7, 2025

झापामा १५ औँ राष्ट्रपति रनिङ सिल्ड सुरु

हिमाल खरेल ,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए । समितिका […]

Success

Thank you for your time.