default_image

7 years ago

February 26, 2018

एन्फा पूर्व अध्यक्ष थापाको खेलकुदमा सक्रिय हुने तयारी

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा १० वर्षको प्रतिबन्धमा रहे पनि नेपाल स्पोर्टस् अर्गनाइजेशनका नाममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा नेपाली खेलकुदमा सक्रिय हुने भएका छन् ।

थापाले विगत ३५ वर्षदेखि खेलकुदमा जीवन व्यतित गरेकोले खेल क्षेत्रबाट टाढा हुन नसकी पुनः खेल क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ आफ्नो नेतृत्वमा नेपाल स्पोर्टस् अर्गनाईजेसनको स्थापना गरिएको बताए ।

दुई दशक एन्फाको नेतृत्व गरेका थापा २ वर्षअघि फिफाबाट प्रतिबन्धमा परेपछि राजनीतिमा सक्रिय भएका थिए । दोस्रो संविधान सभामा उनी व्यवस्थापिका संसदमा मनोनित भएका थिए । फुटबलमा अझै ८ वर्ष अलग रहनु पर्नेभएपछि खेलकुदमा सक्रिय हुन थापाले अर्गनाइजेशनलाई माध्यम बनाएका छन् ।

अर्गनाइजेनले पहिलो कामका रुपमा तीन महिना भित्र एउटा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिदै सोमबार पत्रकार सम्मेलनमा थापाले भने, ‘दक्षिण एसियाली खेलकुद (साग) मा समावेश व्यक्तिगत खेललाई लक्षित गर्दै खेलाडी तयार पार्ने लक्ष्य लिएका छौं । जसले सागमा स्वर्ण पदक जित्ने सम्भावना देखियोस् । त्यस्तै पुराना खेलाडीलाई सम्मान पनि गर्नेछौं ।’

उनले अर्गनाइजेसनले सम्बन्धित संघहरुसँग सहकार्य गरि खेलाडी उत्पादनमा प्रयास गरिने योजना सुनाए । एन्फामा आफनो नेतृत्वमा एन्फा एकेडेमी स्थापना गरेको स्मरण गर्दै थापाले अन्य खेलमा पनि त्यस्तो एकेडेमीको आवश्यकता रहेको बताए ।

थापाले तेक्वान्दो, बक्सिङ, मार्सल आर्टस्, एथलेटिक्स जस्ता खेलका खेलाडी उत्पादनमा समेत काम गर्ने लक्ष्य लिएको उल्लेख गर्दै थापाले अगाडि भने, ‘शून्यबाट सुरु गरेका छौं । चुनौति धेरै छ तर पनि भविष्यमा नेपाली खेलकुदमा स्थपित हुने गरि हामी काम गर्नेछौं ।’

प्रायोजकहरुकै सहयोगमा खेलकुद विकासमा काम गर्ने उद्देश्य रहेको जनाउँदै केहि दिनमा अर्गनाइजेसनको तदर्थ समितिलाई पूर्णता दिने जानकारी दिए ।

March 23, 2025

एम्सको बोर्ड बैठक नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक अर्को वर्ष नेपालमा हुने भएको छ । २०८२ जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ । कुनै […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

Success

Thank you for your time.