default_image

7 years ago

February 19, 2018

पोखरा म्याराथनमा विभागिय दबदबा, पुलिसका भूमिराजलाई उपाधि

107 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका भूमिराज राईले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा विभागिय खेलाडीको वर्चश्व रहेको थियो । २ घन्टा ३६ मिनेट ४२.२ सेकेन्डमा निर्धारित दुरी (४२.१९५ किलोमिटर) पुरा गर्दै भूमिराजले उपाधि जितेका हनु । उनले उपाधिसहित ७० हजार रुपैयाँ प्राप्त गरे ।


त्रिभुवन आर्मी क्लबका हरी कुमार रिमालले २ घन्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दुरी पार गर्दै दोश्रो स्थान प्राप्त गरे । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे । आर्मीकै लाल बहादुर थापाले २ घन्टा ३९ मिनेट ३२.४ सेकेण्डमा दौड पुरा गरे । उनले ३५ हजार रुपैयाँ पाए । नेपाल एपिएफ क्लबका गणेश ठकुरी २ घन्टा ४५ मिनेट ४५.२ सेकेण्डमा दुरी पुरा गर्दै चौथो भए । उनले ५ हजार प्राप्त गरे । पोखरा म्याराथनमा १ सय १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

५ सय २१ खेलाडीले प्रतिस्पर्धा गरेको १० किलोमिटर दौडको शीर्ष तीन स्थान आर्मीका खेलाडीले प्राप्त गरे । रामजी बस्नेतले जितेको १० किलोमिटरममा कल्याण बानियाँ दोस्रो र मिलन कार्की तेस्रो भए । रामजीले १५, कल्याणले १० र मिलनले ५ हजार रुपैयाँ प्राप्त गरे । १० किलोमिटर महिलादौडमा सहभागी ६३ जनालाई उछिन्दै एपिएफकी बिन्द्रा श्रेष्ठ प्रथम भइन् । आर्मीकी सरिता बासी दोस्रो र एपिएफकी स्वस्तिका श्रेष्ठ तेश्रो भइन् । बिन्द्राले १०, सरितले १० र स्वस्तिाकाले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

म्याराथन पुरा गर्दै पुलिसका भूमिराज राई । तस्बिर सौजन्य : सुदर्शन रञ्जित

८ सय ५१ जनाले प्रतिस्पर्धा गरेको छात्र ५ किलेमिटर दौडमा जेसिज मावि भक्तपुरका सागर श्रेष्ठ विजयी भए । ड्याफोडिल मावि पोखराका मनीष कार्की दोश्रो र श्री जन सेवा माविका मदन मदन ओलीले तेश्रो भए । सागरले १० हजार, मनीषले ७ र मदले ४ हजार रुपैयाँ प्राप् गरे । छात्रा ५ किलोमिटर दौडमा श्री लक्ष्मी सेकेण्डरी माविकी ललिता लामिछाने विजयी भइन् । सहिद स्मृती माविकी माधुरी देवी नर्कमी दोश्रो र शिसु कल्याण माविकी कृति थापा तेस्रो भइन् । ललिताले १०, माधुरीले ७ र कृतिले ४ हजार प्राप्त गरिन् । छात्रा दौडमा ३ सय २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

४ सय मिटर पुरुष ह्विल चियर दौडमा शुरेस गौली प्रथम, भरत अधिकारी दोस्रो र बल बहादुर रोक्का तेस्रा भए । ह्वियर चियर दौड महिला तर्फ लक्ष्मी सुनार पहिलो, अन्जु बराल दोस्रो र पुनम बिके तेस्रो भइन् । दुवैतर्फका विजेताले ५, दोस्रो हुनेले ३ र तेस्रो हुनले २ हजार रुपैयाँ प्राप्त गरे ।

पहिलो पटक आयोजना भएको १ सय मिटर दृष्टी बिहिन पुरुष तर्फ दौडमा आशिष खड्गी पहिलो, दुर्गादत्त पौडेल दोस्रो र राजन चन्द तेस्रो भयो । महिला तर्फ मायाँ गौतम पहिलो , विपना खनाल दोस्रो र मुना अर्याल तेस्रो भइन् । दुवैतर्फका विजेताले ५, दोस्रोले ३ र तेस्रो हुने खेलाडीले २ हजार रुपैयाँ प्राप्त गरे ।
‘रन फर फन’ नाम दिइएको म्याराथनको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । मुख्यमन्त्री गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगाएत झन्डै ३ हजारले रंगशालाबाट दौड सुरु गरेका थिए । समापनमा खेलकुदको क्षेत्रमा विशेष योगदान गरे वापत राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षण विभागका निर्देशक रिम बहादुर रानाभाट र कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले खेलकुद बिकासका लागि योजनाका साथ अगाडी बढ्ने बताए । उनले हरेक पालिकामा स्तरयि खेल मैदान निर्माण गर्ने प्रतिवद्धता अनुरुप संघिय प्रदेशले काम गर्ने बताए । भुतपूर्व खेलाडी मन्चले आयोजना गरेको म्यराथनका विजेता खेलाडीलाई प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमान, प्रतियोगिताका प्रमुख प्रायोजक संस्था लक्ष्मी हाउस ग््रुपका कार्यकारी अध्यक्ष गणेश बहादुर श्रेष्ठ, मन्चका अध्यक्ष तेजबहादुर गुरुङ, सहारा युकेका सल्लाहाकार महेश गुरुङ, दिलराज गुरुङ, सिइओ धनु थकाली, राखेपका विभागिय प्रमुख वासुदेव आचार्य, एडभेन्चर स्र्पोट्सका निर्देशक शिखर पाण्डे लगाएतले पुरस्कृत गरे ।

पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महा नगरपालिका रहेको थियो भने सह प्रायोजकमा एड्भेन्चर स्पोर्ट्स नेपाल प्रा.लि., गण्डकी बिकास वैंक लि.,उप प्रायोजकमा लुम्विनी विकास वैंक लि., सहारा युके रहेका थिए । यसै गरि प्राविधिक सहयोगीमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद विकास समिती र साइकल सिटी पोखरा र सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, ट्रेनर नेपाल, पोखरा टेलिभिजन लगाएत थिए ।

September 28, 2024

न्युजिल्यान्डका स्मिथ काठमाडौं म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् । विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित […]

September 27, 2024

पूर्णलक्ष्मी र मुकेशलाई दौड उपाधि

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपाने र मुकेशबहादुर पाल खुला ५ किलोमिटर दौडमा शुक्रवार विजयी भएका छन् । एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो […]

September 21, 2024

काठमाडौं म्याराथान असोज १२ मा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ । काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार […]

Success

Thank you for your time.